नेकपाका संस्थापक पुष्पलालको ४५औँ स्मृति दिवस मनाइँदै
आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना मनाइँदै छ।
आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना मनाइँदै छ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद हटाउन सके आगामी चुनावमा बहुमत आउने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा गएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।
शनिबार काठमाडौं र ललितपुरका केही स्थानमा ८ घन्टा विद्युत अवरुद्ध हुने भएको छ। बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको हो।
गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा बिहानैबाट वर्षा भइरहेको छ। आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दै छन्।
नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन्। पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ।
केही दिनदेखि अवरुद्ध काठमाडौंको फोहोर बन्चरे डाडाँ लगिएको छ।