post-slider post-slider

दोषी नेता, व्यवसायी वा कर्मचारी जोसुकै भए पनि कारबाहीका भागेदार हुन् : नारायणकाजी श्रेष्ठ

Image
A A

काठमाडौं- गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न काण्डमा अहिले भइरहेको अनुसन्धान प्रक्रियालाई स्वच्छ र निष्पक्ष ढंगले अगाडि बढाइरहेको बताएका छन्। 'समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता' विषयक प्रवचन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अनुसन्धानले तथ्य र प्रमाणको आधारमा जहाँसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म पुगिने बताए। 

राजनीतिक नेताहरू, व्यवसायीहरू तथा कर्मचारीहरू दोषी देखिए, नियन्त्रणमा लिइए वा मुद्दा चलाइयो भने ती क्षेत्रबाट 'यो त भएन नि' भन्नै असन्तुष्टि व्यक्त हुने गरेको बताए। उनले प्रश्न गरे, 'त्यसो भए कसलाई कारबाही गर्ने? त्यही निमुखा, गरिब, शक्ति नभएका भनिएका त्यो जनतालाई गर्ने कारबाही?'

उनले धनीलाई एउटा र गरिब अर्को कानुन, विपन्नलाई एउटा र सम्पन्नलाई अर्को कानुन आफूले नमान्ने बताए। सरकारले त्यसलाई स्वीकार गर्न नसक्ने उनको भनाइ छ। 'राजनीतिक नेताहरुलाई एउटा कानुन, राजनीतिमा नभएकालाई अर्को कानुन हुनसक्दैन। कर्मचारीलाई एउटा कानुन र त्यो कर्मचारीकहाँ सधैं धाउने जनतालाई अर्को कानुन हुनसक्दैन', उनले थपे, 'कानुन सबैका लागि समान हुन्छ।'

कानुन सबैका लागि समान भए मात्रै सुशासनद्वारा समृद्धिको यात्रालाई अगाडि बढाउने महत्त्वपूर्ण आधार तयार पार्न सकिने बताए।

Tags: