post-slider post-slider

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

Image
A A

काठमाडौं- ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

नक्कली मोही बनेर जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जन रहेको एससएपी दिनेश आचार्यले जानकारी दिएका छन्।

सञ्जय र सकुलानन्दलाई नक्कली मोही बनाएर रामकुमार सुवेदी, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाललगायतले सरकारी जग्गा हडपेको प्रहरीले जनाएको छ।

यो प्रकरणमा आइतबार नापी कार्यालयका पूर्वकर्मचारी अरूणकुमार श्रेष्ठ पक्राउ परेका थिए।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा हालसम्म पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत १९ जना पक्राउ परिसकेका छन्।

 

Tags: