post-slider post-slider

‘फौजदारी अभियोग लागेका व्यक्तिलाई निलम्बन गर्नुपर्छ’

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फौजदारी अभियोग लागेका व्यक्ति पार्टीको जिम्मेबारीबाट अलग हुनुपर्ने बताएका छन्।

केन्द्रीय समिति बैठकमा उठेका प्रश्नहरूको सोमबार जवाफ दिँदै थापाले यस्तो बताएका हुन्।

अभियोग लागेका व्यक्ति जिम्मेबारीबाट आफैं अलग नभए पार्टीले निलम्बन गर्नुपर्ने उनको भनाइ छ।

‘फैजदारी अभियोग लागेको व्यक्ति आफैंले पार्टीबाट अलग राख्नुपर्छ। आफूले अलग नराखे पार्टीले निलम्बन गर्नुपर्छ,’ थापाले भने,‘निलम्बन गर्नुपर्छ भन्ने मेरो मत हो। यो कुरा मेरामा पनि लागू हुन्छ। निलम्बन भनेको कुनै कारबाही होइन।’

केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका केही पदाधिकारी र केन्द्रीय सदस्यहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बचाउ गरेका थिए।

महामन्त्री थापाले निर्णय प्रक्रियामा आफूहरूलाई सहभागी नगराएको भन्दै आपत्ति जनाए।

उनले पार्टीको महामन्त्रीको जिम्मेवारीमा छँदा पनि महत्वपूर्ण निर्णयहरू मिडियाबाट थाहा पाउने गरेको बताए।

आफू गुटमा भएकोले पार्टीका केही कुरा थाहा पाए पनि अर्को महामन्त्रीलाई त्यो सुविधासमेत प्राप्त नभएको थापाले जिकिर गरे।

‘फलानो मन्त्री बन्दैछन्, कहिले सुन्छु सजाय माफ गर्ने निर्णय भयो। यो सब कुरा मिडियाबाट थाहा हुन्छ। महामन्त्री हो नि! छलफल त हुनुप¥यो। निर्णयको भारी मात्रै त बोक्ने होइन,’ थापाले भने,‘म त एउटा गुटमा छु, अलिअलि कुरा थाहा पाइहाल्छु। अर्का महामन्त्री त गुटमा पनि हुनुहुन्न, उहाँले केही थाहा नै पाउनु हुँदैन। छलफलको वातावरण बनाउनुप¥यो।’

थापाले पछिल्लो दिनमा नागरिकहरूलाई भेट्दा महसुस गरिएका विषयबाट आफू आत्तिएको बताए।

‘पछिल्लो दिनहरू जे महसुस गरेको छु, त्यसबाट आत्तिएको छु। जो बाहिर जान पायो, उ खुसी छ। जो बाहिर जान पाएन, उ दुखी छ,’ उनले भने।

भोलि राम्रो हुने विश्वास नागरिकमा नभएको उनले बताए। थापाले भने,‘यो निराशा एकदम डरलाग्दो छ। निराशाको व्यापार एकदम राम्रो छ। त्यस्तो व्यापार गर्नेहरू हाम्रो वरिपरि जताततै छन्।’

 

Tags: