post-slider post-slider

‘संसदीय दलको नेता बदल्ने अभियानमा लागेकै हो’

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेता बदल्नका लागि आफू लागिरहेको बताएका छन्।

उनले संसदीय दलको नेता बदल्न लागेको र सकेमा बदल्ने बताएका हुन्।

‘संसदीय दलको नेता फेर्न गाह्रो छ भन्ने मलाई थाहा छ। तर, गाह्रो छ भन्दैमा ठीक काम गर्न छाड्ने हो त?,’ पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले भने,‘साथीहरू किन आत्तिनु भएको हो? मैले पार्टी फोड्ने कुरा गरेको होइन, धेरै चिन्ता गर्नु पर्दैन। म बदल्न लागिरहेको छु, सके बदल्छु, सकिन भने जे छ त्यसैलाई स्वीकार गर्छु।’

नेपालको राजनीतिमा एक्जिटको व्यवस्था नभएकोले आफूले नेतृत्व परिवर्तनको कुरा गरिरहेको उनले बताए।

संसदीय दलको नेता किन फेर्न लागेको भन्ने प्रश्न नगर्न पनि थापाले सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवानिकट नेताहरूलाई आग्रह गरेका छन्।

सभापति तथा दलका नेता देउवालाई संसदीय दलको नेता फेर्ने कुरा नौलो नरहे पनि उनीनिकट नेताहरूले भने प्रश्न गर्न लागेको उनको भनाइ छ।

‘सभापतिले आफू फेर्दै गरेकाले यसले प्रयास गर्छ भन्न लागेको छ। अरूले किन चिन्ता गर्नुभएको हो,’ थापाले भने,‘मतदाताको बीचमा भोटिङ भए अर्कै कुरा हुनेथियो। तर, सांसदको मत पाउन झन्् गाह्रो हुने बताए। गाह्रो भए पनि यो अभियानबाट पछि हट्दिनँ।’

 

Tags: