मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु
यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ। मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन्।
यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ। मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन्।
चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडिमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो।
काठमाडौं महानगरपालिकाले आज र भोलि काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर रहँदा केही दिनदेखि मनसुनी गतिविधि धेरै सक्रिय छैन। जसका कारण देशमा भारी वर्षा भएको छैन। वर्षा भएका स्थानमा हल्कादेखि मध्यम वर्षा मात्रै भइरहेको छ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ। आजै देशैभरी गाईजात्रा पर्व पनि मनाईँदैछ।
यो नेपालले अहिलेसम्म पाएको विशाल रन लक्ष्य हो।
कप्तान बाबर आजमको शानदार शतकसँगै पाकिस्तानले नेपाललाई ३ सय ४३ रनको लक्ष्य दिएको छ। मुल्तानमा भएको एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन जोडेको हो।
त्रिभुवन विमानस्थलबाट अवैध रुपमा सुन लुकाएर ल्याउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा पक्राउ परेका राहुल महरामाथि छानबिन गर्न पाँच दिन म्याद थप भएको छ।
भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा राहुल पक्राउ परेका हुन्।
इमामलाई कप्तान रोहित पौडेलले रन आउट गरेका हुन्।