post-slider post-slider

नेपाललाई दोस्रो सफलता, इमाम पनि आउट

Image
A A

काठमाडौं- पाकिस्तानको मुल्तानमा जारी एसिया कप–२०२३ मा नेपालले दोस्रो सफलता हासिल गरेको छ।

पाकिस्तानका ओपनर ब्याट्सम्यान इमाम–उल–हकलाई आउट गरेर नेपालले दोस्रो सफलता हासिल गरेको हो।

उनी ५ रनको व्यक्तिगत स्कोरमा आउट भएका छन्।

इमामलाई  कप्तान रोहित पौडेलले रन आउट गरेका हुन्।

यसअघि खेलको पाँचौं ओभरमा करण केसीले पाकिस्तानका अर्का ओपनर फकर जमानलाई विकेट किपर आसिफ शेखबाट क्याच गर्न लगाइ आउट गरेका थिए।

फकर १४ रनको निजी स्कोरमा आउट भए।

एसिया कपको उद्घाटन खेलमा टिम नेपालले एकदिवसीय क्रिकेटको वरियतामा पहिलो स्थानमा रहेको पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

एकदिवसीय वरीयताको १५ औं स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरूद्ध खेल्दैछ।

 

Tags: