post-slider post-slider

माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

Image
A A

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वउपसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन्।

भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा राहुल पक्राउ परेका हुन्।

सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राहुलले पक्राउ गरेको हो।

सिआइबीमा सोधपुछका लागि बोलाइएका बेला उनलाई त्यहीँबाट पक्राउ गरिएको सिआइबी स्रोतले जनाएको छ।

भेपमार्फत भएको सुन तस्करीमा संलग्न भनिएका चिनिया नागरिकसँग महरा बाबुछोराले पटक–पटक संवाद गरेको सिआइबी अनुसन्धानबाट खुलेको थियो।

तस्करीमा संलग्न चिनियाँ नागरिकसँग टेलिफोन संवाद भए पनि महरा बाबुछोरालाई सिआइबीले छानबिनको दायरमा ल्याएको थिएन। 

 

Tags: