post-slider post-slider

कमजोर बन्दै मनसुनी गतिविधि

Image
A A

काठमाडौं- मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर रहँदा केही दिनदेखि मनसुनी गतिविधि धेरै सक्रिय छैन। जसका कारण देशमा भारी वर्षा भएको छैन। वर्षा भएका स्थानमा हल्कादेखि मध्यम वर्षा मात्रै भइरहेको छ।  

बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यूनचापीय प्रणाली विकसित भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ। 

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

बिहीबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ। 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने तथा बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ। 

Tags: