post-slider post-slider

आज र भोलि काठमाडौंका यी सडकमा सवारीसाधन चलाउन रोक

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिकाले आज र भोलि काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ।

बिहीबार (आज) गाईजात्रा र शुक्रबार (भोलि) गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा सवारी साधन सञ्चालान गर्न नदिइने काठमाडौं महानगरपालिकाले जनाएको छ। 

असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत विभिन्न सडकमार्गमा सवारी साधन प्रवेश गर्न नदिने महानगरपालिकाले सार्वजनिक सूचना निकालेर जानकारी दिइसकेको छ। 

123-1693357432-1693440877.jpg

Tags: