अमेरिका-क्यानडा लैजाने भन्दै केन्यामा लगेर नेपालीलाई बन्धक बनाउने गिरोह पक्राउ

काठमाडौं- गैरकानुनी बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने भन्दै साढे पाँच करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

बर्डफ्लू संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन : डब्लुएचओ

काठमाडौं- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्डफ्लू सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ।

पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी

काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

अचानोमा उपेन्द्र यादवको राजनीति

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमै रहने की बाहिरने भन्ने विषयमा अन्योलमा परेको देखिएको छ।

कांग्रेस रवि लामिछानेमाथि संसदीय छानबिनको मागबाट पछि नहट्ने

काठमाडौं- नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको छ।

नयाँ दल दर्ता प्रक्रिया असंवैधानिक छ, हामी अदालत जान्छौं : अध्यक्ष यादव

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईको नेतृत्वमा पार्टी दर्ता प्रक्रिया संवैधानिक रहेको बताएका छन्।

सुनकोसी मरिण डाइभर्सनको सुरुङको ब्रेक थ्रु

काठमाडौं- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङको अन्तिम ब्रेक थ्रु भएको छ।

सवा १३ लाख नगदसहित वीरगन्जबाट हुण्डी कारोबारी पक्राउ

पर्सा- प्रहरीले पर्साबाट हुण्डी कारोबारीलाई नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुर बस्ने २८ वर्षीय रविकुमार पटेल रहेका छन्।

पोर्चुगलमा राहदानी नवीकरण टोलीले उठाएको शुल्कबारे अख्तियारको छानबिन

काठमाडौं- गत मार्च २४ देखि ३१ सम्म पोर्चुगलमा आएको नेपाली राहदानी नवीकरण टोलीले उठाएको अतिरिक्त रकमको विषयमा सम्बन्धित निकायमा उजुरी परेको छ।

रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गरेको आरोप

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछानेको बचाउ गरेका छन्।

ब्राजिलमा बाढीको कहर, मृत्यु हुनेको संख्या सय पुग्यो

काठमाडौं- ब्राजिल अहिले प्राकृतिक प्रकोपसँग लडिरहेको छ। ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा एक साताभन्दा बढी समयदेखि परेको भारी वर्षाका कारण बाढी आएको छ।

पर्साबाट ९० लाख रुपैयाँको सामान प्रहरीको नियन्त्रणमा

पर्सा - पर्सा प्रहरीले ९० लाख बढीको सामान बरामद गरेको छ। बिल बिजकभन्दा बढीको सामान प्रहरीले बरामद गरेको हो।

आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै

काठमाडौं -आज मातातीर्थ औँसी। आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ।

गण्डकीमा सभामुखले आफ्नो मत जोडेर विश्वासको मत पुगेको घोषणा, कांग्रेसको विरोध

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ ।

भक्तपुरमा कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते

काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते भएका छन्।