post-slider post-slider

ब्राजिलमा बाढीको कहर, मृत्यु हुनेको संख्या सय पुग्यो

Image
A A

काठमाडौं- ब्राजिल अहिले प्राकृतिक प्रकोपसँग लडिरहेको छ। ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा एक साताभन्दा बढी समयदेखि परेको भारी वर्षाका कारण बाढी आएको छ।

यस बाढीका कारण करिब एक सय जनाको मृत्यु भएको समाचार छ। बाढीबाट १४.५ लाख मानिस प्रभावित भएका छन्। दुई लाख मानिस घर छाड्न बाध्य भएका छन्।

ब्राजिलको सिभिल डिफेन्स एजेन्सीको तथ्यांक अनुसार बाढी र वर्षाका कारण हालसम्म ९९ हजार ८ सय घर आंशिक वा पूर्ण रुपमा ध्वस्त भएका छन्।

ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा अप्रिल २९ देखि भारी वर्षा भइरहेको छ। जसका कारण राज्यका ४९७ सहरमध्ये ४१४ वटा बाढीको चपेटामा परेका छन्।

यो राज्य ब्राजिलको शीर्ष कृषि र पशुपालन राज्य हो। अर्जेन्टिना र उरुग्वेको सिमानामा अवस्थित यस राज्यले वर्षा र बाढीका साथै आँधीको सामना गरिरहेको छ।

एक अनुमान अनुसार यो बर्षा र बाढीले करिब ४ अर्ब ६० करोड रियालको आर्थिक नोक्सान हुनुका साथै ठूलो मात्रामा आवास तथा पूर्वाधारमा क्षति पुगेको छ।

Tags: