![post-slider](/assets/imgs/ads/1140x100 (2).png)
![post-slider](/assets/imgs/ads/NariBachat900x100.gif)
पोर्चुगलमा राहदानी नवीकरण टोलीले उठाएको शुल्कबारे अख्तियारको छानबिन
![Image](/thumbnails/0bf777b2-1dca-4864-8d81-7cebf2e2c4ae_CIAA-1.jpg)
काठमाडौं- गत मार्च २४ देखि ३१ सम्म पोर्चुगलमा आएको नेपाली राहदानी नवीकरण टोलीले उठाएको अतिरिक्त रकमको विषयमा सम्बन्धित निकायमा उजुरी परेको छ।
तोकिएको लागत खर्चबाहेक टोलीले विपद् व्यवस्थापन, प्रशासनिक खर्च तथा कुरियरको नाममा ६६९ जनाबाट अतिरिक्त शुल्क २५ युरोको दरले १६ हजार ७२५ युरो उठाएको थियो।
उक्त विषयमा आवश्यक छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
यसअघि कुटनीतिक नियोगहरुले उठाएको अतिरिक्त शुल्कको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले पनि विदेशस्थित कूटनीतिक नियोगहरूले तोकिएको बाहेक अतिरिक्त शुल्क उठाउन नपाउने फैसला गरेको थियो।
अख्तियारमा उजुरी गर्ने उजुरीकर्ताले नियमानुसार सरकारी नवीकरण दस्तुर ३४ पेजको राहदानीको लागि १२० युरो रहेको बताएका छन्।
तर, अवैधानिक रुपमा थप २५ रुपैयाँ युरो लिई जम्मा १४५ युरो भ्रष्टाचार गरेको उजुरीकर्ताको आरोप छ।
यसैगरी, हराएका र ड्यामेज भएको हकमा पनि अवैधानिक रुपमा थप २५ रुपैयाँ युरो लिइएको उजुरीमा उल्लेख गरिएको छ।