post-slider post-slider

पर्साबाट ९० लाख रुपैयाँको सामान प्रहरीको नियन्त्रणमा

Image

पर्सा - पर्सा प्रहरीले ९० लाख बढीको सामान बरामद गरेको छ। बिल बिजकभन्दा बढीको सामान प्रहरीले बरामद गरेको हो।

बुधबार बिहान राति पौने २ बजे प्रहरीले वीरगन्ज महानगरपालिका-८ घन्टाघरस्थित सडकबाट ना६ख ३८६१ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।

उक्त ट्रकमा खुद्रा तथा औषधी गरी ८७ लाख ५० हजार ४१६ रुपैयाँ बराबरको सामान बरामद भएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए। उक्त ट्रक र सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।

यस्तै, प्रहरीले मंगलबार बिहान राति वीरगन्ज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट २ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको खाद्यान्न र कपडा बरामद गरेको थापाले बताए।

उक्त सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

Tags: