पोखरामा टेलिकमकाे प्रादेशिक निर्देशनालय


विचार
आयोमेल संवाददाता
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड

आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा

आयोमेल संवाददाता
स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक


सरकारी स्वामित्वको नेपाल टेलिकमले पोखरामा प्रादेशिक निर्देशनालय स्थापना गरेको छ।

संघीय संरचना अनुसार आइतबार साविकको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गत रहेको नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई प्रादेशिक निर्देशनालय, गण्डकी प्रदेशमा रूपान्तरण गरिएको हो।

टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय र नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक सूर्यनारायण मालाकारले पोखरा निर्देशनालयको शुभारम्भ गरेका हुन्।

निर्देशक मालाकारले नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, पोखराका निर्देशक सुरेन्द्रमान सिंहलाई गण्डकी प्रदेशसँग सम्बन्धित विकास निर्माण, योजना र प्रशासनिक दस्तावेज हस्तान्तरण गरेका थिए।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पठाएकोे शुभकामना सन्देश बाचन गरिएको थियो। 

टेलिकमले  प्रदेश १ को विराटनगर, २ को वीरगञ्ज, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, प्रदेश ५ को भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको अत्तरियामा स्थापना गर्ने निर्णय यसअघि नै गरिसकेको छ।

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनको ठूलो सफलता : अमेरिकापछि मंगलग्रहमा अन्तरिक्ष यान अवतरण गराउने…

काठमाडौं – सात महिना लामो अन्तरिक्ष यात्रा, तीन महिनाको सतह परिक्रमापछि र अन्तिमको त्यो महत्वपूर्ण ९ मिनेटपछि चीनले मंगल ग्रहमा

तीन महिनामा साढे १३ करोड स्मार्टफोन बिक्री

सन् २०२१ को पहिलो तीन महिना (जनवरीदेखि मार्च) मा विश्वभर १३ करोड ३९ लाख थान ५जी स्मार्टफोन बिक्री भएका छन्।

एप्पलको ‘फोल्डिङ सेट’ २०२३ मा बजार आउने

सन् २०२३ मा १ करोड ५० लाखदेखि २ करोडथान एप्पल फोल्डिङ सेट ग्राहकका हातमा पुग्ने छ। नयाँ मोडेलमा आठ इन्चको

विभिन्न प्याकेजसहित टेलिकमको ‘स्प्रिङ अफर’ 

नेपाल टेलिकमले नयाँ वर्ष २०७८ का अवसरमा विभिन्न प्याकेजसहित ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको छ। यस अफरअन्तर्गतका सेवा चैत ३१ बाट