विभिन्न प्याकेजसहित टेलिकमको ‘स्प्रिङ अफर’ 


विचार
आयोमेल संवाददाता
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो

आयोमेल संवाददाता
रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर

आयोमेल संवाददाता
भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ।


नेपाल टेलिकमले नयाँ वर्ष २०७८ का अवसरमा विभिन्न प्याकेजसहित ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको छ। यस अफरअन्तर्गतका सेवा चैत ३१ बाट ९० दिनसम्म उपयोग गर्न सकिनेछन्। यसअघि उपलब्ध ‘विन्टर अफर’ अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार स्प्रिङ अफरअन्तर्गत मोबाइल ग्राहकका लागि प्रतिदिन ५ सय एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको अफर २ सय ९९ रुपैयाँमा उपलब्ध गराइएको छ। 

त्यस्तै १ सय २५ रुपैयाँमा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी ४ जिबी डाटा अफर ल्याइएको छ। पाँच दिन प्रयोग गर्न सकिने यस अफरमा १ सय मिनेट कुराकानीसमेत गर्न सकिन्छ। यो अफर पनि चौबिसै घन्टा प्रयोग गर्न सकिन्छ। साथै, दुई घन्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी ३० रुपैयाँको अर्को अफर पनि थप गरिएको छ। यो अफर पनि चौबिसै घन्टा उपयोग गर्न सकिन्छ।  

त्यसैगरी जिएसएम मोबाइल ग्राहकका लागि २ सय ८० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफरअन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। यसैगरी डाटा प्याकअन्तर्गत नै ९५ रुपैयाँमा डेढ जिबी डाटा प्रयोग गर्न सकिने अफर सात दिनसम्म चौबिसै घन्टा प्रयोग गर्न सकिन्छ। 

सिडिएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहक कम्पनीकै अन्य सेवामा रूपान्तरण हुने क्रम जारी रहेकाले विन्टर अफरका सुविधामध्ये सीमित अफरलाई मात्र निरन्तरता दिइएको टेलिकमले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनको ठूलो सफलता : अमेरिकापछि मंगलग्रहमा अन्तरिक्ष यान अवतरण गराउने…

काठमाडौं – सात महिना लामो अन्तरिक्ष यात्रा, तीन महिनाको सतह परिक्रमापछि र अन्तिमको त्यो महत्वपूर्ण ९ मिनेटपछि चीनले मंगल ग्रहमा

तीन महिनामा साढे १३ करोड स्मार्टफोन बिक्री

सन् २०२१ को पहिलो तीन महिना (जनवरीदेखि मार्च) मा विश्वभर १३ करोड ३९ लाख थान ५जी स्मार्टफोन बिक्री भएका छन्।

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल-खनाल समूहमाथिको कारबाही फिर्ता हुनसक्ने

सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बिहान ९ बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन भने सकेको छैन। आजको

अढाई घण्टापछि शीतल निवासबाट बाहिरिए माधव नेपाल

राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शीतल निवास गएका नेकपा एमालेका नेता माधव नेपाल बाहिरिएका छन्। साढे ७ बजेदेखि अढाई घण्टा राष्ट्रपति