यस्ता छन् टेलिकमका सोधपुछ तथा गुनासो व्यवस्थापन सेवाका नम्बर    


विचार
आयोमेल संवाददाता
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो

आयोमेल संवाददाता
रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर

आयोमेल संवाददाता
भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ।


सरकारी स्वामित्वको नेपाल टेलिकमले विभिन्न सेवाबारे जानकारी लिन तथा गुनासा राख्न विभिन्न नम्बर उपलब्ध गराउँदै आएको छ। हाल टेलिकमले उपलब्ध गराइरहेका १९१, १९७, १९८ र १४९८ नम्बर विभिन्न सेवाबारे बुझ्न र गुनासा टिपाउन धेरै नै उपयोगी बनेको कम्पनीको भनाइ छ। 

१९१– कस्टोमर केयर सेवा। जिएसएम, सिडिएमए र वाइम्याक्स सेवाबारे जानकारी लिन १९१ नम्बरमा कल गर्न सकिन्छ। त्यसपछि प्राप्त निर्देशनअनुसार जिएसएमका लागि अंक १, सिडिएमएका लागि अंक २ र वाइम्याक्सका लागि अंक ३ थिच्नुपर्छ। त्यसपछि सम्बन्धित सेवाबारे जिज्ञासा राख्न र गुनासो टिपाउन सकिन्छ। 

१९७– टेलिकमको ल्यान्डलाइन अर्थात स्थानीय टेलिफोन नम्बर थाहा पाउन १९७ नम्बरमा मोबाइल वा कुनै पनि टेलिफोन नम्बरबाट कल गर्न सकिन्छ। त्यसपछि अपरेटरले ग्राहकले खोजेको व्यक्ति वा संस्थाको टेलिफोन नम्बर टेलिफोनबाटै उपलब्ध गराउँछन्। हाल आफूलाई चाहिएको व्यक्ति वा संस्थाको ल्यान्डलाइन नम्बर कम्पनीको वेबसाइटमा उपलब्ध लिंक जततउकस्ररलतअ।लभत।लउराष्हभम(ष्लिभ(भलत्रगष्चथ मा गएर पनि खोज्न सकिन्छ । व्यक्तिगत ग्राहकका हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ भने संस्थागत ग्राहकका हकमा कम्पनीको नाम, ठेगाना र जिल्लाअनुसार टेलिफोन नम्बर खोज्न सकिन्छ। 

१९८– टेलिकमका सेवाहरूबारे गुनासो टिपाउन १९८ नम्बरमा डायल गर्न सकिन्छ। टेलिकमले सञ्चालन गरिरहेको तारवाला स्थानीय टेलिफोन, एडिएसएल, भिस्याट टेलिफोन, फाइबर टु द होम (एफटिटिएच) र लिज लाइन मर्मतका लागि यसको प्रयोग गर्न सकिन्छ।

१९८ नम्बरमा कल गरेपछि स्वचालित सिस्टमबाट प्राप्त निर्देशनअनुसार टेलिफोन कम्प्लेनका लागि अंक १, एडिएसएलका लागि अंक २, भिस्याटका लागि अंक ३, एफटिटिएचका लागि अंक ४ र लिज लाइन कम्प्लेनका लागि अंक ५ थिच्नुपर्छ। त्यसपछि दिइएको निर्देशनअनुसार मर्मत गर्नुपर्ने नम्बर उपलब्ध गराएपछि कम्पनीका तर्फबाट मर्मत कार्यको प्रक्रिया अगाडि बढ्छ। 

१४९८– मोबाइल र वाइम्याक्स सेवाबारे जानकारी लिन १४९८ मा फोन गर्न सकिन्छ। मोबाइल तथा वाइम्याक्स सेवासम्बन्धी कुनै जिज्ञासा वा गुनासोमात्र नभई सेवा प्रयोगबारे कुनै जानकारी प्राप्त गर्नुपरे यस नम्बरमा कल गर्न सकिन्छ। 

यसबहेक टेलिकमको वेबसाइट, नेपाल टेलिकम एप, कम्पनीको फेसबुक, ट्विटरलगायत विभिन्न सामाजिक सञ्जालबाट पनि कम्पनीका सेवाबारे आवश्यक जानकारी प्राप्त गर्न सकिने टेलिकम प्रवक्ता राजेश जोशीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनको ठूलो सफलता : अमेरिकापछि मंगलग्रहमा अन्तरिक्ष यान अवतरण गराउने…

काठमाडौं – सात महिना लामो अन्तरिक्ष यात्रा, तीन महिनाको सतह परिक्रमापछि र अन्तिमको त्यो महत्वपूर्ण ९ मिनेटपछि चीनले मंगल ग्रहमा

तीन महिनामा साढे १३ करोड स्मार्टफोन बिक्री

सन् २०२१ को पहिलो तीन महिना (जनवरीदेखि मार्च) मा विश्वभर १३ करोड ३९ लाख थान ५जी स्मार्टफोन बिक्री भएका छन्।

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल-खनाल समूहमाथिको कारबाही फिर्ता हुनसक्ने

सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बिहान ९ बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन भने सकेको छैन। आजको

अढाई घण्टापछि शीतल निवासबाट बाहिरिए माधव नेपाल

राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शीतल निवास गएका नेकपा एमालेका नेता माधव नेपाल बाहिरिएका छन्। साढे ७ बजेदेखि अढाई घण्टा राष्ट्रपति