साढे २ करोडको पहुँचमा इन्टरनेट


विचार
आयोमेल संवाददाता
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड

आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा

आयोमेल संवाददाता
स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक


नेपालमा साढे २ करोड जनसङ्ख्यामा इन्टरनेट पहुँच पुगेको पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ) को तथ्याङ्कअनुसार नेपालमा २ करोड ५४ लाख १९ हजार बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो।

गत पुस महिनाको तुलनामा माघ महिनामा छ लाख ८३ हजार बढी इन्टरनेट प्रयोगकर्ता थपिएका छन्। गत पुस महिनासम्म कूल दुई करोड ४७ लाख ३५ हजार ६५० जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ। कूल जनसङ्ख्याको ८४ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ। प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर उक्त प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ। माघसम्म मोबाइल इन्टरनेटको हिस्सा ६१ दशमलव ४७ प्रतिशत छ। एक करोड १३ लाख बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ६० हजार र एनसेलको २४ लाख ९१ हजार रहेको छ। त्यस्तै फोरजी प्रयोगकर्ता ७० लाख ९२ हजार र इभिडियो प्रयोगकर्ता एक लाख ३६ हजार ५७३ छन्।

फोरजी प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका छन्। माघ मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४३ लाख २५ हजार ९३६ रहेका छन्। नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २५ लाख ४४ हजार ७२४ र स्मार्ट टेलिकमका दुई लाख २२ हजार छन्। फिक्स ब्रोडब्याण्डको हिस्सा २१ दशमलव ८५ प्रतिशत छ। यसमा एडिएसएलका आठ लाख ३७ हजार र एफटिटीएच इन्टरनेट प्रयोगकर्ता ५७ लाख ६८ हजार छन्। रासस


प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनको ठूलो सफलता : अमेरिकापछि मंगलग्रहमा अन्तरिक्ष यान अवतरण गराउने…

काठमाडौं – सात महिना लामो अन्तरिक्ष यात्रा, तीन महिनाको सतह परिक्रमापछि र अन्तिमको त्यो महत्वपूर्ण ९ मिनेटपछि चीनले मंगल ग्रहमा

तीन महिनामा साढे १३ करोड स्मार्टफोन बिक्री

सन् २०२१ को पहिलो तीन महिना (जनवरीदेखि मार्च) मा विश्वभर १३ करोड ३९ लाख थान ५जी स्मार्टफोन बिक्री भएका छन्।

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल-खनाल समूहमाथिको कारबाही फिर्ता हुनसक्ने

सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बिहान ९ बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन भने सकेको छैन। आजको

अढाई घण्टापछि शीतल निवासबाट बाहिरिए माधव नेपाल

राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शीतल निवास गएका नेकपा एमालेका नेता माधव नेपाल बाहिरिएका छन्। साढे ७ बजेदेखि अढाई घण्टा राष्ट्रपति