अब नेपाली आकाशमा इन्टरनेटको सुविधा


विचार
आयोमेल संवाददाता
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो

आयोमेल संवाददाता
रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर

आयोमेल संवाददाता
भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ।


विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो।

गत चैत ९ गते बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेसँगै नेपाली आकाशमा विदेशी एयरलाइन्सले इन्टरनेट तथा मोबाइल फोनको प्रयोग गर्न पाउने भएका हुन् ।

प्राधिकरणले विदेशी वायुसेवा कम्पनीले माग गरेमा दश हजार फिट उचाइमा उक्त सेवा प्रयोगको अनुमति दिनसक्ने निर्णय गरेसगैँ नेपाली आकाशमा दूरसञ्चार सुविधा पाउन सकिने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए। 

उनका अनुसार अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठन (आइकाओ) बाट अनुमति प्राप्त  एयरलाइन्सले उक्त सुविधा पाउनेछन्। आइकाओको अनुमतिको आधारमा प्राधिकरणले उक्त सेवा उपलब्ध गराउन अनुमति दिनेछ ।

दश हजार फिटभन्दा कम उचाइमा इन्टरनेट सेवा सञ्चालनको अनुमति दिँदा नेपालभित्रको फ्रिक्वेन्सीमा अवरोध हुनसक्ने अनुमान गर्दै उक्त सुविधा दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणमा ३ विदेशी वायुसेवा कम्पनीले आकाशमा इन्टरनेट सेवा सञ्चालनका लागि आवेदन दिएका थिए । विदेशी कम्पनीको माग (आवेदन) का आधारमा प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरण, सञ्चार मन्त्रालयलगायतका निकायसँग छलफल गरी बोर्ड बैठकबाट सेवा सञ्चालनको अनुमति दिने निर्णय गरेको हो। 

यसअघि भारत र अफगानिस्तानले दश हजार फिटभन्दा माथिको आकाशमा इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् । उक्त दुई देशपछि आकाशमा दूरसञ्चार सेवा उपलब्ध गराउने दक्षिण एशियाकै तेस्रो देश नेपाल बनेको छ ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनको ठूलो सफलता : अमेरिकापछि मंगलग्रहमा अन्तरिक्ष यान अवतरण गराउने…

काठमाडौं – सात महिना लामो अन्तरिक्ष यात्रा, तीन महिनाको सतह परिक्रमापछि र अन्तिमको त्यो महत्वपूर्ण ९ मिनेटपछि चीनले मंगल ग्रहमा

तीन महिनामा साढे १३ करोड स्मार्टफोन बिक्री

सन् २०२१ को पहिलो तीन महिना (जनवरीदेखि मार्च) मा विश्वभर १३ करोड ३९ लाख थान ५जी स्मार्टफोन बिक्री भएका छन्।

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल-खनाल समूहमाथिको कारबाही फिर्ता हुनसक्ने

सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बिहान ९ बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन भने सकेको छैन। आजको

अढाई घण्टापछि शीतल निवासबाट बाहिरिए माधव नेपाल

राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शीतल निवास गएका नेकपा एमालेका नेता माधव नेपाल बाहिरिएका छन्। साढे ७ बजेदेखि अढाई घण्टा राष्ट्रपति