‘कोरोना रिटर्न’ : लगाइसकेको खोपले काम गर्छ कि गर्दैन?


विचार
आयोमेल संवाददाता
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो

आयोमेल संवाददाता
रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर

आयोमेल संवाददाता
भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ।


भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपालमा पनि त्यसको त्रास बढेको छ।

भारतले त्यहाँ फैलिरहेको भाइरस नयाँ भेरिएन्ट हो या पुरानै हाे भन्ने बारे प्रस्ट रुपमा नखुलाए पनि त्यसको त्रास नेपालमा समेत बढेको छ।

युरोपका थुप्रै देशमा नयाँ भेरिएन्ट फैलिरहेको छ। भारतमा फैलिएको भेरिएन्ट पनि नयाँ हुनसक्ने आशंका गरिएको छ।

यहीबीचमा लगाइसकेको कोरोना खोपले नयाँ भाइरसलाई काम गर्छ कि गर्दैन भन्ने बारेमा पनि मानिसमा दुविधा उत्पन्न छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोला साउथ एसिएन भेरिएन्टलाई लगाइएको भ्याक्सिनले कम काम गर्ने कुरा बाहिरिएको बताउँछन्।

'यस विषयमा थप अध्ययन पनि भइरहेका छन्। खोप लगाइसकेको अवस्थामा सिकिस्त निमोनिया हुँदैन। तर, संक्रमित भएर अरुलाई सार्नसक्ने जोखिम त हुन्छ', उनले भने।

खोपले शरीरमा काम नगरेको अवस्था पनि हुने भएकाले खोप लगाइहाले भनेर स्वास्थ्य सावधानी नै नअपनाउनु गलत धारणा भएको उनले बताए।

'खोपले मेरो शरीरमा काम नगरेको भए म जोखिममा हुनसक्छु ठान्नुपर्छ। खोपले शतप्रतिसत काम गर्ने होइन। त्यसैले मापदन्ड, मापदन्ड, मापदन्ड भनिएको हो', उनले भने।

खोप सहज रूपमा पाउने अवस्था नभएकाले स्वास्थ्य सावधानी अपनाउनु नै ठूला कुरा भएको उनी बताउँछन्।

उनी भेरिएन्टकोपछि नलागेर कोरोनासँग डराउन आग्रह गर्छन्। जुनसुकै भेरिएन्ट पनि उत्तिकै जोखिमपूर्ण हुनेभएकाले स्वास्थ्यसावधानी अपनाउन डा. बास्तोलाको आग्रह छ।

नेपालमै पनि नयाँ भेरिएन्ट फैलिएको कुरा सञ्चारमाध्यममै आइसकेको अवस्थामा उच्च सावधानी अपनाउन उनी सुझाव दिन्छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल-खनाल समूहमाथिको कारबाही फिर्ता हुनसक्ने

सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। बिहान ९ बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन भने सकेको छैन। आजको

अढाई घण्टापछि शीतल निवासबाट बाहिरिए माधव नेपाल

राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शीतल निवास गएका नेकपा एमालेका नेता माधव नेपाल बाहिरिएका छन्। साढे ७ बजेदेखि अढाई घण्टा राष्ट्रपति

एमालेमा विवाद समाधानको प्रयास : होटल मेरियटमा विष्णु पौडेल, सुरेन्द्र…

काठमाडाैं वैशाख २७ नजिकिँदै जाँदा नेकपा एमालेका दुई समूहबीच विवाद समाधानको पहल पुनः सुरु भएको छ जसअन्तर्गत बिहीवार अपरान्ह नेताहरु

देउवालाई भेटेर फर्किएलगत्तै राष्ट्रपतिलाई भेट्न पुगे माधव नेपाल

काठमाडाैंं सत्तारुढ नेकपा एमालेका नेता माधवकुमार नेपाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटलगत्तै नेता नेपाल