साउदीमा तीन महिना कोमामा पुगेर बाँचेका भुजेलको एनआरएनएले गर्‍यो उद्धार


विचार
आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा

आयोमेल संवाददाता
स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक

आयोमेल संवाददाता
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो


काठमाडौं–परिवारको आवश्यकता, छोराको उचित पालनपोषण र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब पुगेका मोरङका बेदबहादुर भुजेल भनेजस्तो काम नपाएपछि बेखर्चीमात्र भएनन्, गैरकानुनी रूपमा बस्न बाध्य भए।

आफ्नो परिवारमा खुसी ल्याउने इच्छा पालेर साउदी पुगेका भुजेलको जिन्दगीमा नसोचेको बज्रपात पर्‍यो। गैरकानुनी नै भए पनि साथीभाइको सहयोगमा एक कम्पनीमा सामान्य काम सुरु गरेका उनी कामकै क्रममा ठूलो दुर्घटनामा परे र स्थानीय अस्पतालमा साढे दुई वर्षसम्म उपचारका लागि भर्ना भए।

त्यस अवधिमध्ये तीन महिनासम्म भुजेल कोमामा परे। परदेशमा बेखर्ची उनलाई अस्पतालले २ करोड ५० लाख ९८ लाख २३ हजार रियालबराबरको बिल थमायो। खान बस्नसमेत समस्यामा परेका उनी अस्पतालको बिल देखेर आत्तिए। बिल तिर्न नसक्ने भएपछि रियादस्थित फेमिलीकेयर अस्पतालले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। सोही मुद्दाका कारण भुजेलले साउदी छाड्न नपाउने स्थितिमा पुगे। विभिन्न माध्यमबाट उनी नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्पर्कमा आइपुगे।

दुई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भुजेलको मुद्दा फिर्ता गराउन दूतावासले पहलकदमी लियो। दूतावासको पहलपछि अस्पतालले भुजेलविरुद्धको मुद्दा फिर्ता लिइदियो। उनको मुद्दा फिर्ता भए पनि नेपाल फर्कने कुनै उपाय लागेन। आर्थिक रूपमा निकै कमजोर भुजेलको सहयोगका लागि नेपाली दूतावास साउदीले आग्रह गरेपछि उनको नेपालसम्मको उद्धारको जिम्मेवारी एनआरएनएले लियो।

एनआरएनएको कोभिड–१९ राहत तथा उद्धार कार्यक्रमअन्तर्गत उनलाई साउदीदेखि विराटनगरसम्म पुग्न आवश्यक हवाई टिकट, काठमाडौंमा बस्न तथा खानाको व्यवस्था गरिएको थियो। उनको सहयोगार्थ संघले आफ्ना स्वयंसेवक परिचालनसमेत गरेको थियो। विराटनगरबाट घरसम्म जान गाडी व्यवस्था एनआरएनएले नै मिलाएको थियो।

एनआरएनएले सञ्चालन गरेको वैदेशिक रोजगारीमा रहेका नेपालीको उद्धार र पुनर्स्थापना कार्यक्रमअन्तर्गत भुजेलको सम्पूर्ण खर्च बेहोरेर उनलाई परिवारको जिम्मा लगाएको हो। भुजेलको आर्थिक अवस्था अत्यन्त नाजुक छ। वैदेशिक रोजगारीमा जान चर्को ब्याजमा १ लाख रुपैयाँ ऋण लिएका उनले सावाँ र ब्याज गरी ३ लाख ५० हजारभन्दा बढी तिर्नुपर्ने भइसकेको छ।

परिवारसँगको भेटपछि प्रसन्न भुजेल अब के गर्ने भनेर चिन्तित छन्। अहिले उनको ठूलो चिन्ता साहुको ऋण कसरी तिर्ने भन्ने हो। ‘जसोतसो बाँचेर त आएँ तर अब के गर्ने भन्ने चिन्ता छ,’ उनले भने।

साउदीस्थित नेपाली दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै उनको उपचार खर्च मिनाहा गर्ने रियादस्थित फेमिलिकेयर अस्पताल, स्वदेश फर्काउन आवश्यक प्रबन्ध गरिदिने एनआरएनएलगायतलाई धन्यवाद दिएको छ।

संघका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा. बद्री केसीले वैदेशिक रोजगारीमा अलपत्र नेपालीलाई राहत तथा उद्धारको काम जारी रहेको बताए। उनले संघको यस कार्यक्रमअन्तर्गत २०२० सेप्टेम्बरदेखि हालसम्म कोभिड–१९ का कारण समस्यामा परेका १७ हजारभन्दा बढी नेपालीलाई राहत तथा उद्धारसम्बन्धी सहयोग पुर्‍याएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैरआवासीय नेपाली संघ, वैदेशिक रोजगार तथा कल्याणकारी विभागको अपिल

यदि तपाई वैदेशिक रोजगारको क्रममा समस्यामा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस। कोभिड–१९ को महामारीको क्रममा वैदेशिक रोजगारमा विश्वभर रहनुभएका (विशेषगरी

You Are Different, So We Are …

Bar Code Nepal's phenomenal success is due to our adherence to the following principle: give the customers what they need