एसियामा कोरोनाको कुन खोप कहिले पाइन्छ?


विचार
आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको

आयोमेल संवाददाता
हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको

आयोमेल संवाददाता
भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका


एसियाली मुलुकका नियामक बायोएनटेक एसइ, मोडर्ना इन्कर्पाेरेटड र अस्ट्राजेनेका पिएलसीसँगको सहकार्यमा फाइजरले बनाएको कोरोनाविरुद्धको खोप प्रयोग अनुमति दिनेबारे विचाररत छन्। तर, केही मुलुकहरू भने सुरुमै वृहत परिमाणको खोप आपूर्ति तयारी गरिरहेका छन्। 

एसिया क्षेत्रमा खोपको अपेक्षित वितरण, आयातको सम्झौता र क्लिनिकल ट्रायल लगायतको विषयमा रोयटर्सले तयार पारेको विवरण तल प्रस्तुत गरिएको छ।

सिंगापुर

यस सानो मुलुकले बुधबारबाट फाइजरको खोप अभियान थालेको छ। विश्वका अन्य देशहरूको तुलनामा कोरोनाबाट अति न्यून मानिसको मृत्यु भएको यस मुलुक नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने पहिलो एसियाली राष्ट्र बनेको छ। 

खोप खरिदका लागि पहिल्यै सम्झौता गरेको सिंगापुरले पिफाइजर, मोडेर्ना र चिनियाँ सिनोभाक बायोटेकलाई खोपको अग्रिम भुक्तानी पनि प्रदान गरिसकेको छ। 

आफ्ना ५७ लाख जनताको लागि सिंगापुरले सन् २०२१ को तेस्रो त्रैमासिकसम्म पर्याप्त खोप पाउने अनुमान गरिएको छ।

अष्ट्रेलिया

अष्ट्राजेनेकाबाट पाँच करोड ३८ लाख, नोभाभ्याक्स इन्कबाट पाँच करोड १० लाख, पिफाइजरबाट १ करोड र २ करोड ५५ लाख गरी कोभ्याक्स सम्झौताअन्तर्गत अष्ट्रेलियाले करिब १४ करोड कोरोना खोपको डोजको व्यवस्था मिलाइसकेको छ।

आउँदो जनवरी र फेब्रुअरीभित्र अष्ट्राजेनेकाबाट ३८ लाख डोज खोप पाउने र मार्चबाट खोप कार्यक्रमको थालनी गर्ने योजनामा अष्ट्रेलिया छ। 

न्यूजिल्याण्ड

यस मुलुकका लागि १ करोड ७ लाख डोज खोप उपलब्ध गराउन नोभाभ्याक्स सहमत भएको छ। र, उसले २०२१ को मध्येदेखि खोप उपलब्ध गराउन थाल्नेछ। 

चीन

खोप उत्पादनका लागि आफ्नै देशको निजी कम्पनीसँग सहकार्य गरिरहेको चीनले हालसम्म कुनै पनि पश्चिमा औषधि उत्पादकसँग उत्पादन सम्झौता गरेको छैन। 

सन् २०२१ को मध्यतिर चीनमा अष्ट्राजेनेकाको खोपले अनुमति पाउने अपेक्षा गरिएको छ भने उसको आन्तरिक साझेदार सेन्जेन कङ्टाइ बायोलोजिकल प्रोडक्टस् कम्पनीले यसै वर्षको अन्त्यदेखि वार्षिकरूपमा १० करोड डोज खोप उत्पादन गर्ने लक्ष्य राखेको छ। 

यसका अलावा सांघाइ फोसुन फर्मासिटेकल ग्रुपले पिफाइजर/बायोएनटेकको १० करोड डोज खोप किन्ने जनाएको छ। रोडिओला फर्मासिटेकल होल्डिङले रसियन खोप क्यान्डिडेट स्पुतनिक भिको आपूिर्त गरी चीनमा प्रारम्भिक तथा माध्यमिक तहको परीक्षण गर्ने जनाएको छ।

यसैगरी, चीनले सिनोभाक र राज्यद्वारा सञ्चालित चाइना नेशनल फर्मासिटेकल ग्रुपद्वारा विकसित तीनवटा खोप क्यान्डिडेटलाई आकस्मिक प्रयोगका लागि स्वीकृति दिएको छ।

जापान

जापानले २०२१ को मध्यसम्म पिफाइजर/बायोएनटेकको १२ करोड डोज खोप किन्ने सम्झौता गरिसकेको छ भने अष्ट्राजेनेकाबाट त्यति नै परीमाणको डोज खरिद गर्ने बताएको छ, जसमध्येको ३ लाख डोज मार्च महिनाबाट जापान पुग्न थाल्नेछ। 

उसले जोन्सन एण्ड जोन्सनस“ग पनि वार्ता गरिरहेको छ भने सिनोगी एण्ड कम्पनीसँग खोपको खरिद सम्झौता गरिसकेको छ। 

खोप उत्पादकले जापानमा प्रयोगका लागि स्वीकृतिका आवेदन दिनुभन्दा अघि पहिलो र दोस्रो चरणको ट्रायल सञ्चालन गर्नुपर्ने विज्ञले बताएका छन्। 

दक्षिण कोरिया

यस राष्ट्रले अष्ट्राजेनेका र पिफाइजरस“ग २ करोड डोज, मोडेर्नास“ग ४ करोड डोज र जोन्सन एण्ड जोन्सनसँग ४० लाख डोज भ्याक्सिन किन्ने सम्झौता गरेको छ। 

यसका अलावा १ करोड जनताको लागि दक्षिण कोरियाले कोभ्याक्स् सम्झौताअन्तर्गत थप खोप मगाउनेछ जसपश्चात यस देशको ५ करोड ६० लाख नागरिकका लागि पर्याप्त डोजको जोहो हुनेछ। 

अष्ट्राजेनेकाको खोपद्वारा आउँदो फेब्रुअरीदेखि भ्याक्सिनेसन कार्यक्रमको थालनी गर्ने पनि दक्षिण कोरियाले जनाएको छ। 

ताइवान    

कोभ्याक्स योजना र प्रत्यक्ष खरिदमार्फत ताइवानले सुरुमा १ करोड ५० लाख डोज खोप व्यवस्था गर्ने योजना बनाएको छ। यस साथै उसले थप १ करोड ५० लाख डोज किन्ने पनि सम्भावना छ। 

ताइवानी सरकारले २०२१ को पहिलो त्रैमासिकदेखि भ्याक्सिनेशनको थालनी गर्ने बताएको छ। 

मलेसिया     

यस दक्षिणपूर्वी एसियाली देशले पिफाइजरको १ करोड २८ लाख डोज किन्ने निर्णय गरेको छ भने मोडर्ना, जे एण्ड जे, सिनोभाक र रुसी गामेलिया इन्स्टिट्युटबाट कुल जनसंख्यामध्ये ८३ प्रतिशतलाई पुग्ने डोज खोप किन्नका लागि संवाद गरिरहेको छ। 

पिफाइजरले मलेसियाका लागि २०२१ को पहिलो त्रैमासिकभित्र १० लाख डोज भ्याक्सिन उपलब्ध गराउने बताएको छ।

फिलिपिन्स

आफ्नो निजी क्षेत्रको सहयोगमा यस राष्ट्रले अष्ट्राजेनेकाबाट २६ लाख डोज खोप किन्ने एकमात्र सम्झौता गरेको छ। तर, फिलिपिन्सले सिनोभाकबाट २ करोड ५ लाख र मोडर्नाबाट ४० लाखदेखि २ करोड ५ लाख डोजसम्म किन्ने योजनामा  छ।

इन्डोनेसिया

दक्षिणपूर्वी एसियाको धेरै जनसंख्या रहेको यो देशले सिनोभाकबाट १२ करोड ५५ लाख र नोभाभाक्सबाट ३ करोड डोज खोप सुनिश्चित गरिसकेको छ भने अष्ट्राजेनेका र पिफाइजरबाट थप ५/५ करोड डोज खरिद गर्न संवादमा  छ। यसैगरी, कोभ्याक्सअन्तर्गत यस मुलुकले १ करोड ६० लाख डोज भ्याक्सिन प्राप्त गर्नेछ। 

भियतनाम

एक सरकारी अधिकारीले भियतनामले कोभ्याक्स योजनाअन्तर्गत पाउने खोप परीमाण मुलुकको २० प्रतिशत जनताका लागि मात्र पर्याप्त हुने भएकाले चाँडै नै छुट्टै खरिद सम्झौता गर्न लागेको जानकारी दिएका छन्। 

बंगलादेश

बंगलादेशले अष्ट्राजेनेकको ३ करोड डोज खोप किन्न सम्झौता गरिसकेको छ। स्वास्थ्य मन्त्रालयको एक अधिकारीले बताए अनुसार यो देशले खोपको ‘ग्लोबल एलायन्स’, गाभीबाट सुलभ दरमा ६ करोड ८० लाख डोज खोप किन्नेछ। रोयटर्सबाट


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले

भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका रुपमा परिचित हुँदैथियो। साँझ पर्नेबित्तिकै झिलिमिली हुने यो बजार असार

देउवाको विश्लेषण : निधि मान्दैनन्

बुढानीलकण्ठस्थित आफ्नै निवासमा देउवाले तीन वटै प्रदेशका केन्द्रीय सदस्यहरूसँग एक साथ छलफल गरेका हुन्। छलफलका क्रममा उनले बढीभन्दा बढी महाधिवेशन