कोभिड-१९, मानसिक स्वास्थ्य र राज्यको दायित्व


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


समाजमा धेरै कुराले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा असर पारेको पाइन्छ। सामाजिक विकास र मानव विकास एकापसमा निकै जोडिएको विषय हो। मानव सभ्यताको विकास हुँदै जाँदा मानवीय चेतनाले विस्तारै मानव संगठित हुँदै समाजमा रूपान्तरण  भएको इतिहास हामीसामु छ। 

मानव सभ्यताको विकासले आज विश्व निकै उचाइमा पुगेको छ। यसले मानव विकास र विनास दुवै एकैचोटि निम्त्याएको छ। हामीले सबैका कुरा गर्दछौं। तर वास्तवमा हामी आफू र आफूभित्रका धेरै मनोविज्ञानका कुराबाट निकै टाढा छौं। मानिसमा देखिने धेरै

समस्यामध्ये मानसिक समस्या निकै गम्भीर समस्या हो। यसको असर लामो समयसम्म रहने गर्दछ। मानिसमा हेर्दा नदेखिने तर प्रभाव र असर परिरहने समस्यालाई मानसिक समस्या भन्न सकिन्छ। मानव मष्तिस्कमा भएको रासायनिक तत्त्वमा हुने परिवतर्नले गर्दा हामीलाई मानसिक रोग लाग्ने गर्छ। 

मानसिक समस्या एक प्रकारको रोग हो, यसले धेरै मानिसको ज्यान लिएको पाइन्छ। खास गरेर मानसिक समस्या कसरी हुन्छ, यसका लक्षण के-के हुन् यसबारेमा जानकारी लिनु आवश्यक छ। हामीहरू लामो समयदेखि परिवार, आफन्त, आफ्ना नजिकका साथीभाइबाट निकै टाढा छौं, यस्तो अवस्थामा उनीहरूका सम्झना, उनीहरूसँग बिताएका पलहरू, यस्ता कुराले धेरै मानसिक पीडा दिने  गर्छ।

यस्ता विषय मनमा खेल्ने र मानसिक तनावहरू बढ्दै गएको पाइन्छ। त्योसँगै हात खुट्टाहरूबाट पसिना आउने, मनमा कुराहरू खेलिरहने, मुटुका धड्कन बढ्ने, छट्पटी हुने र धेरै कुराहरू बिर्सने जस्ता मानसिक रोगका लक्षणहरू मान्न सकिन्छ। यसरी मानसिक रूपमा तनाव बढ्दै जाँदा मानिसले अगाडिका बाटा वा कुनै पनि विकल्प देख्दैनन् र उसले मृत्यु रोज्न बाध्य हुन्छ। समाजमा यसरी मृत्युवरण गर्नेको संख्या पनि  बढ्दै गएको पाइन्छ।

विश्वका अधिकांश तथ्यांक हेर्दा मानसिक रूपमा समस्या भएका मानिसले छिटो आत्महत्या गर्ने र उनीहरूलाई पारिवारिक, सामाजिक, बेरोजगारी, गरिबी जस्ता पीडाले सताउने गरेको तथ्यांकहरूले बताउँछ। तर आजको समयमा मानसिक रूपमा कसरी आफू सक्षम हुने र मानसिक समस्या भएका मानिसलाई कसरी आत्मबल बढाउने भन्ने कुरा महत्त्वपूर्ण कुरा हो।

समाजमा यस्ता धेरै उदाहरण छन्, जसले मानसिक, शारीरिक थुप्रै किसिमका रोगलाई जितेर समाजमा नयाँ-नयाँ काम गरिरहेका छन्। त्यसैले मानसिक समस्या खासै ठूलो समस्या हैन, यसलाई आफैंले पनि समाधान गर्न सकिन्छ। आत्मबलको विकास नै मानसिक रोगको सबैभन्दा ठूलो उपचार हो। 

हाम्रो समाजमा सामाजिक, आर्थिक, राजनीतिक, समस्याहरू प्रत्यक्ष रूपमा देखिने, यसबारेमा धेरै कुरा हुने तर मानसिक समस्याका बारेमा खुलेर कुरा नहुने, समस्यामा परेकाहरूले पनि अरूलाई भन्न डराउने  वा हिचकिचाउने चलन छ। कतिपय मानसिक समस्या हामीलाई हुने र आफै निको हुने गरेको पनि यस क्षेत्रका जानकारहरू बताउँछन्। देख्दा सामान्य देखिने मानसिक रोगहरू डिप्रेसनको सिकार हुँदै आत्महत्यतिर बढ्दै गएको पाइन्छ। 

पछिल्लो समय विश्व स्वास्थ्य संगठन  (२०२०) ले पनि सन् २०२० मा अन्य रोगको तुलनामा मानसिक समस्या निकै उच्चदरमा वृद्धि हुने अनुमान छ।  नेपाली समाज निकै विविधतायुक्त र बहुआयामिक छ। समाजमा धेरै कुरा परिवर्तन भएका छन् भने केही कुरा परिवतर्न गनुपर्नेछ। विकास र परिवर्तनको सवालमा हामी निकै पछाडि छौं।

समाजमा भएका विभेद, असमानता, गरिबीजस्ता कुराले हामीलाई अगाडि बढन दिएको छैन। यस्ता सामाजिक रूपमा सुरू भएका समस्याबाट मानव जीवनमा विस्तारै मानसिक समस्या बढ्दै गएका छन्।  नेपालमा हाल पनि २५.२ प्रतिशत मानिस चरम गरिबीको रेखामुनि छन्। गरिबीले धेरै मानिसलाई मानसिक रूपमा ठूलो प्रभाव पारेको पाइन्छ।

नेपालमा १०४ वर्षे राणाशासन, २५० वर्षे राजा तन्त्रबाट समाजमा विभेद र असमानता सुरु भएको बुझ्न सकिन्छ। यसविरुद्ध नेपाली जनता लामो समयदेखि राजनीतिक आन्दोलन वा राजनीतिक क्रान्तिहरूमा सहभागी भए। पछिल्लो क्रान्तिको कुरा गर्दा नेपालमा २०५२ सालबाट तत्कालीन माओवादीले गरेको जनयुद्ध र २०६२/६३ को दोस्रो जनआन्दोलनको सफलताले नेपालमा राजनीतिक रूपमा निकै ठूला परिवर्तन भयो। माओवादी जनयुद्ध र जनआन्दोलनमा सहभागीहरूलाई त्यसले मानसिक रूपमा पारेको असर निकै डरलाग्दो र कहालीलाग्दो छ।

यस विषयमा धेरै मानिसहरू जानकार छन् तर आन्दोलन र युद्धको प्रभावबाट परेको मानसिक समस्याका बारेमा राज्य र राजनीतिक पार्टीहरू अनभिज्ञ छन्। यसरी मानसिक रूपमा समस्या भएकालाई राज्यले किन सम्बोधन गर्न सक्दैन ? 

राजनीति प्रतिको आमनिराशा, गरिबी, जातीय भेदभाव, बेरोजगारी जस्ता मुख्य कारणले नेपालमा धेरै मानिसमा मानसिक समस्या देखिएको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपाल श्रमशक्ति सर्वेक्षण (२०७४-७५) अनुसार १५ वर्षभन्दा माथिको कुल जनसंख्याको ११.४ प्रतिशत बेरोजगार रहेको देखिएको छ।

गरिबी, बेरोजगारीकै कारण नेपालबाट धेरै युवाहरू खाडी मुलुक, मलेसिया, कोरिया जस्ता देशमा रोजगारीको सिलसिलामा जाने गरेका छन्। प्रत्येक दिन नेपालबाट दैनिक १५ सय युवा कुनै न कुनै देशमा रोजगारीका लागि जाने गरेको तथ्यांकले बताउँछ (Karki & Manandhar, 2017: Journal of Advanced Academic Research, Vol. 3 No. 2), तर अहिले आएर धेरै वैदेशिक रोजगारीमा गएका युवा जनशक्ति कोभिड-१९ महामारीका कारणले स्वदेशमा फर्कने क्रम बढ्दो छ।

यसले गर्दा पनि ठूलो जनशक्तिलाई कसरी व्यवस्थापन गर्ने उनीहरूलाई रोजगारी कसरी दिने भन्नेबारेमा सिंगो राज्यलाई नै ठूलो चुनौती देखा परेको छ। लामो समयदेखि विदेशमा बसेका र स्वदेश फर्केका धेरै युवा जनशक्तिलाई मानसिक समस्या जस्ता रोगहरू देखा पर्नसक्ने ठूलो सम्भावना छ। यसबारेमा सरकार वा सरोकारवालाहरू मौन छन्। यो समस्या  निकै गम्भीर हुनसक्छ  र यसबारे छिटोभन्दा छिटो सरकारले विशेष खालका कार्यक्रम ल्याउनुपर्छ।

अहिले कोभिड-१९ महामारीको कारणले गर्दा धेरै ठाउँमा लकडाउन छ। त्यसकारण सबैको मनमा धेरै कुरा खेलिरहेको हुनसक्छ। कोभिड-१९ महामारीका कारण सबै उमेरका मानिसहरूमा मानसिक समस्याहरू देखा पर्न सक्छ। वर्ल्डोमिटर २०२० अनुसार यो लेख तयार पार्दासम्म संसारका २ सय १५ देशमा फैलिएको कोभिड-१९ ले  करिब १ करोड २ लाख ४९ हजारभन्दा बढी मानिसमा  संक्रमण र करिब ५ लाख ५ हजार मानिसको  मृत्यु भइसकेको छ।

अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वमा  लगभग २ अर्ब ७० करोड मानिस पूर्ण वा अंशिक रूपमा बन्दमा परेका छन्। त्यस्तै  अन्तर्राष्ट्रिय श्रम संगठनकै अनुसार हाल २ करोड ५० लाख मानिसले विश्वमा कोभिड-१९ को असर पछि रोजगारी गुमाएका छन्। कोभिड-१९ महामारीको समाप्तिपछि विश्वको आर्थिक, सामाजिक बनावट कस्तो हुन्छ भन्ने बारेमा अहिले यसै भन्न सकिँदैन तर धेरै अनुसन्धानहरूले संसारका धेरै ठाउँमा आर्थिक संकट देखापर्ने बताउँछन्।

नेपालमा पनि कोभिड-१९ महामारीको प्रभाव लामो समयसम्म पर्ने देखिन्छ। अहिले कोभिड-१९ महामारी कम हुनेभन्दा पनि बढ्दै जानु नेपालका लागि निकै ठूलो चुनौतीको विषय हो। अहिलेको समयमा आफूलाई कसरी मानसिक रूपमा तन्दुरुस्त राख्न सकिन्छ भन्ने कुरा सबैले जानकारी लिनुपर्छ। मानसिक समस्या आउनुभन्दा पहिला नै यसबाट बच्न सकिने उपायहरू अपनाउँदा राम्रो हुन्छ। 
नेपालमा गर्नुपर्ने धेरै कामहरू बाँकी छन्। तत्कालको काम कोभिड-१९ महामारीबाट कसरी कमभन्दा कम मानवीय क्षति गर्न सकिन्छ भन्ने आजको आवश्यकता हो।

अधिकांश हामी नेपालीहरू रोजगारीको सिलसिलामा छिमेकी देश भारत जाने र भारतीयहरू नेपाल आउने क्रम निकै पुरानो हो तर भारतमा हाल कोभिड-१९ महामारी निकै फैलिएको छ। कोभिड-१९ भारतमा फैलिएपछि रोजगारीका लागि गएका अधिकांश नेपालीहरू स्वदेश फर्कने क्रम तीव्र रूपमा बढ्दै गएको छ। नेपालमा कोभिड-१९ को संख्या वृद्धि हुनु भारतबाट फर्केका नेपालीको संख्या वृद्धि भएको कारणले नै हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  नेपालमा यो  लेख तयार पार्दासम्म १२ हजार ७ सय २२ जनामा कोभिड-१९ देखिएको छ भने २८ जनाको मृत्यु भइसकेको छ। यो क्रम बढ्ने देखिन्छ। 
नेपालमा मानसिक समस्यालाई समाधान गर्नका लागि धेरै विकल्प छन। यसलाई राज्यबाट नै सम्बोधन गरिनुपर्छ। समाजमा विद्यमान असमानता, गरिबी, बेरोजगारी, छुवाछुत, भेदभावको अन्त्य गरिनुपर्छ। नेपालमा मानसिक समस्या भएकालाई आत्महत्या गराउने वा गर्न बाध्य बनाउनेविरुद्धको कानुन बनेको पनि निकै लामो समय भइसकेको छ। मुलुकी अपराध (संहिता) ऐन २०७४ ले आत्महत्या गर्न बाध्य पार्नेलाई ५ वर्षसम्म कैद र ५० हजार  रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ। तर सिंगो मानसिक समस्याका बारेमा भने खासै कानुनी रूपमा व्याख्या गरिएको छैन।

मानसिक समस्याका कारण देशमा भन्दा पनि विदेशमा आत्महत्या गर्ने नेपालीको संख्या बढी छ। दक्षिण कोरियामा सन् २००७ देखि २०१९ सम्म ४८ जना नेपालीले आत्महत्या गरेको तथ्यांकले बताउँछ। दक्षिण कोरियास्थित नेपाली दूतावासका अनुसार  पारिवारिक समस्या, गलत खालका लतमा लाग्नु, एकोहोरो हुनु, उच्च महत्त्वाकांक्षा, वैवाहिक समस्या, प्रेम, निरासपनले गर्दा पनि नेपालीको आत्महत्या बढ्नुको कारण हो। 

यस्तै अन्य मुलुकमा भएका नेपालीहरू पनि दिनदिनै मानसिक रूपमा समस्यामा परेका धेरै उदाहरणहरू छन्।
मानसिक समस्याका कारण महिलामा डिप्रेसनको संख्या बढी हुन्छ भने पुरुषमा सुसाइड गर्ने संख्या बढी देखिन्छ। मानसिक समस्या देखा पर्नु भनेको पागलपन होइन। मानसिक समस्या थाहा नहुँदा नहुँदै पनि देखा पर्न सक्छ।

सामान्यतया मनोवैज्ञानिकका भनाइअनुसार  साधना गर्ने, राम्रा कुराहरू सुन्ने, पढने र योग, प्राणायाममा ध्यान दिने गर्न सकेमा पनि मानसिक समस्या कम हुन्छन्। त्यसका साथै सकारात्मक चिन्तन, सन्तुलित भोजनले पनि त्यत्तिकै सहयोग गर्दछ। मानिसपिच्छे पनि यसलाई बुझ्ने र बुझाउने फरक प्रकिया हुनसक्छ।

कसैलाई संगीत मनपर्छ, कसैलाई प्रकृतिसँग रमाउन मनपर्छ भने कसैलाई मन मिल्ने साथीभाइ भेटघाट गर्ने र कुराकानी गरी समय बिताउने जस्ता कुराले पनि मानसिक तनाव वा मानसिक समस्या कम हुने गरेका धेरै उदाहरण छन्। 
त्यसैगरी विदेशमा आफ्ना नजिकका मान्छे वा आफन्त भनेका नै साथीभाइ हुन् त्यसकारण कोभिड-१९ महामारीको यो समयमा जहाँ जस्तो अवस्थामा रहे पनि मनमा आनन्द लिने, साथीभाइसँग बस्ने सामान्यरूपमा जीवन चलाउन सकेमा पनि मानसिक तनाव कम हुन्छ।

पर्याप्त रूपमा पानीलगायत अन्य खानपिनहरूमा ध्यान दिने, समयमा सुत्ने जस्ता कुराले पनि केही मात्रामा मानसिक तनाव कम हुन्छ।   
कोभिड-१९ महामारीबाट रोजगारी गुमाएर स्वदेश फर्केकाहरूका लागि विशेष किसिमका राहत र रोजगारीका प्याकेजहरू तत्काल सरकारले ल्याउन सक्नुपर्दछ। राज्यले यस क्षेत्रमा पर्याप्त रूपमा कानुनहरू बनाउने र मनोवैज्ञानिक विशेषज्ञलाई बढीभन्दा बढी परिचालन गर्नुपर्दछ।

प्रत्येक मान्छेको नियमित रूपमा मानसिक चेकजाँच पनि गर्ने व्यवस्था राज्यले गर्न सकेको खण्डमा मानसिक समस्याका रोगीहरूको कमी आउने र हाल कोभिड-१९ महामारीबाट हुनसक्ने मानसिक तथा सामाजिक क्षति न्यूनीकरण गर्न सकिन्छ। अहिले विश्व कोभिड-१९ महामारीसँग लडिरहेको छ। यस महामारी कहिले र कसरी समाधान हुने हो। यसले पार्ने मानसिक समस्याका बारेमा यसै भन्न सकिने अवस्था छैन।

आशा गरौं यो कोभिड-१९ महामारी छिटोभन्दा छिटो समाप्त होस्, यसले पार्ने मानसिक असर पनि सबैभन्दा कम भइदियोस्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न