प्रदेश २ मा भित्रियो सलह किरा, प्रदेशमन्त्री भन्छन्- हामी रोक्न सक्दैनाैं, केन्द्र सरकारले ध्यान दिएको छैन


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


प्रदेश २ मा सलह किरा भित्रिएको छ। बारा, पर्सा र सर्लाही हुँदै सलह किरा भित्रिएको हो। प्रदेश २ का यी जिल्लामा सलह किरा भित्रिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

बारा, पर्सा र सर्लाही जिल्लामा सलह किरा देखिएको जानकारी आफूहरूलाई पनि प्राप्त भएको प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

भूमि व्यवस्थामन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेशभित्र सलह किरा भित्रिएको जानकारी आफूहरूलाई प्राप्त भएको बताए। यद्यपि पुष्टि हुन बाँकी रहेको उनको भनाइ छ।

‘बारा, पर्सा र सर्लाहीमा सलह किरा भित्रिएको जानकारी हामीले पाएका छौं,’ आयोमेलसँग कुरा गर्दै मन्त्री साहले भने,‘सलह किरा भेटिएको क्षेत्रमा टोली पठाइसकेका छौं।’

‘बारा, पर्सा र सर्लाहीमा सलह किरा भित्रिएको जानकारी हामीले पाएका छौं,’ आयोमेलसँग कुरा गर्दै मन्त्री साहले भने,‘सलह किरा भेटिएको क्षेत्रमा टोली पठाइसकेका छौं।’

मन्त्री साहले मन्त्रालयका सचिव नेतृत्वको टोली शनिबार बिहानै त्यस क्षेत्रमा पठाइएको उनले जानकारी दिए। ‘सचिवज्यूहरू त्यसतर्फ जानु भएको छ, साँझसम्म फर्कनु हुन्छ, उहाँहरूले दिएको जानकारीको आधारमा थप कदम उठाइने छ,’ मन्त्री साहले भने ।

कृषिजन्य उत्पादनको लागि सलह किरा कोरोना भाइरस सरह रहेको भन्दै उनले यसको रोकथाम तथा नियन्त्रण प्रदेश सरकारको बसभन्दा बाहिर रहेको बताए।

‘सलह किरा भित्रिएपछि यसको रोकथाम र नियन्त्रण प्रदेश सरकारले गर्नु भनेको चुनौतीपूर्ण देखिएको छ,’ उनले थपे,‘सबै सुविधा र प्रयोगशाला संघीय सरकारसँग छ, नियन्त्रण र रोकथामको लागि संघीय सरकारले ध्यान दिनु जरुरी छ।’

सलह किरा रोकथाम र नियन्त्रणको लागि संघीय सरकारले हालसम्म आफूहरूसँग कुनै समन्वय नगरेको मन्त्री साहले बताए। 

‘सलह किरा नेपालतर्फ भित्रिइरहेको हल्ला चलेसँगै हामीले संघीय सरकारलाई जानकारी गराएका थियौं,’ मन्त्री साहले भने,‘प्रदेशभित्र प्रवेश गरे नियन्त्रण गर्न चुनौतीपूर्ण हामीले भनेका थियौं, तर संघीय सरकारले कुनै चासो देखाएको छैन।’

फौजी किराको रुपमा समेत चिनिएको सलह किराले बालीनालीमा आक्रमण गरी सखाप बनाउने खतरा रहेको जानकारहरु बताउँछन्। बालीनाली नै नष्ट भएपछि भोकमरीको समेत संकट निम्तिनसक्ने उनीहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप