जनकपुरधामको ‘फर्जी’ नगरसभा-वडाध्यक्षहरू अदालत जाने


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


जनकपुरधाम उप–महानगरपालिकाको नगरसभाविरुद्ध वडाध्यक्षहरु अदालत जाने भएका छन्। नगरसभा ‘फर्जी’ भएको भन्दै असन्तुष्ट वडाध्यक्षहरु अदालत जाने भएका हुन्।

बहुमत कार्यपालिका सदस्यहरु विपक्षमा रहेपनि नगर प्रमुख लालकिशोर साहले ‘धोका’ र ‘छल’ गरेर बुधबार मध्यरातमा नगरसभा गरेको भन्दै वडाध्यक्षहरुले अदालतमा मुद्दा दायर गर्ने भएका छन्।

वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले १५ गते अदालत खुलेलगत्तै नगरसभाविरुद्ध आफूहरुले मुद्दा दायर गर्ने बताए। 

साथै फर्जी नगरसभाविरुद्ध शुक्रबार जनकपुरमा विरोध प्रदर्शनसमेत गर्ने उनले बताएका छन्।

चालु आर्थिक वर्षको हरहिसाब सार्वजनिक गर्न सोमबार योजना तर्जुमा बैठकमा असन्तुष्ट वडाध्यक्षहरुले माग राखेका थिए। तर, हरहिसाब सार्वजनिक नभएपछि उनीहरु नगरसभा हुन नदिने अडान लिए। 

र, वडाध्यक्षहरुको अडानका कारण मंगलबार तोकिएको नगरसभा स्थगित भयो। बुधबार बिहान ७ बजेको लागि तोकिएको नगरसभापनि समयमा सुरु हुनसकेन्। वडाध्यक्षहरु उपमहानगरपालिका कार्यालयको प्रवेशद्वारमै दिनभर धर्नामा बसिरहे।

नगरसभा प्रभावित हुने छाँटकाट देखेपछि नगरप्रमुख लालकिशोर साहले असन्तुष्ट वडाध्यक्ष तथा सदस्यहरुलाई वार्तामा बोलाएका थिए। वार्तामा पनि उनीहरुले हरहिसाब सार्वजनिक गर्नुपर्ने माग दोह¥याए। तर, माग पूरा नभएपछि राति १० बजे वडाध्यक्षहरु वार्ताबाट बाहिरिएका थिए।

त्यसको करिब दुई घण्टापछि राति १२ बजे नगरसभा सम्पन्न भएको घोषणा गरियो। तर, असन्तुष्ट वडाध्यक्षहरु भने बहुमत कार्यपालिका सदस्यहरु विरोधमा रहेकोले नगरसभा सम्पन्न भएको मान्न तयार छैनन्।

‘बहुमत कार्यपालिका सदस्यहरु विरोधमा रहेको हस्ताक्षर हामीसँग छ, ७४ जना कार्यपालिका सदस्यहरुको हस्ताक्षरसहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमा बुझाएका छौं। कसरी नगरसभा भयो ? हामी मान्न तयार छैनौं।’ वडा ७ का वडाध्यक्ष जानकीराम साहले भने। 

‘धोका’ र ‘छल’का साथ गरिएको नगरसभाविरुद्ध आफूहरु अदालतमा मुद्दा दर्ता गर्न गइरहेको साहले बताए। ‘१५ गते अदालत खुल्दै छ, फर्जी नगरसभाविरुद्ध हामी मुद्दा दर्ता गर्न गइरहेका छौं’ उनले भने। 

फर्जी तरिकाले घोषणा गरिएको नगरसभाविरुद्ध शुक्रबार जनकपुरमा विरोध प्रदर्शनसमेत गर्ने उनले बताए।

नगरप्रमुख साहले प्रस्तुत गरेको १ अर्ब ८० करोड ६२ लाख ५६ हजार २० रुपैयाँको बजेटमध्ये चालु खर्च तर्फ ५७ करोड ४० लाख ९२ हजार ५ सय र पूँजिगत खर्च तर्फ १ अर्ब २३ करोड २१ लाख ६३ हजार ५ सय २० रुपैयाँ बजेट छुट्टयाइएको छ। 

उनले प्रस्तुत गरेको बजेटमा प्रदेश सरकारबाट सशर्त अनुदान २ करोड २० लाख र प्रधानमन्त्री स्वरोजगार कोष सञ्चालनका लागि १ करोड १० लाख रुपैयाँ र संघीय सरकारको तर्फबाट तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत १ करोड ४८ लाख ५० हजार र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम तर्फ ३ करोड २ लाख ५० हजार रुपैयाँ प्राप्त भएको जनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख