पोको एम२ र पोको सी३ नेपाली बजारमा, यस्ता छन् विशेषता


विचार
आयोमेल संवाददाता
नयाँ सरकार गठन नभएसम्म ओली सरकारले नै काम…

राष्ट्रपति विद्यादेवि भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया पूरा नहुँदासम्म वर्तमान

आयोमेल संवाददाता
दुई तिहाइको दुर्दशा : राजनीतिमा खतराको बादल

अबको राजनीति कसरी अगाडि बढ्छ? ओलीले ओगट्दै आएको सत्तामा अब

आयोमेल संवाददाता
भक्तपुरमा मातातीर्थ औंशीका लागि बनाइएको मिठाई जफत

भक्तपुर–भक्तपुरमा मातातीर्थ औंशीका लागि बनाइएका मिठाई जफत गरिएको छ। मिठाई


स्मार्टफोन ब्राण्ड पोकोले नेपालमा दुईवटा नयाँ मोबाइल फोन पोको एम२ र पोको सी३ सार्वजनिक गरेको छ।

ब्राण्डले नेपालमा  दोस्रो पटक आफ्ना उत्पादन भित्र्याएको हो। यसभन्दा अगाडि सन् २०१८ मा पोको एफ १ सार्वजनिक गरिएको थियो।  

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँ स्मार्टफोनले नयाँ प्रयोगकर्तालाई पनि यस ब्राण्डतर्फ आकर्षित गर्ने विश्वास लिइएको बताए।

पोको एम२- सुपर फास्ट ६ जिबी -याम स्मार्टफोन
पोको एम२ मा मिडियाटेक हेलियो जी८० अक्टा-कोर प्रोसेसरका साथै २.०जीएचजेड मा दुई कोटेक्स-ए७५ र १.८ जीएचजेड मा छ कोटेक्स–ए५५ को साथ आउँदछ जसले पर्फमेन्स र दक्षताबीच सन्तुलन झल्काउँदछ। मिडियाटेक गेमिङ विशेषताहरुका साथ पोको एम२ प्रयोगकर्ताले आर्कषक गेमिङ्गको आनन्द लिन सक्नेछन्। यसमा ६ जिबी -याम छ।  

पोको एम२ मा ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले, २३४०× १०८० रीसोलूशन र १९स्५स्९ को आकृति अनुपात छ। साथै कर्निंग गोरिला ग्लास ३ ले स्क्रीनलाई आकस्मिक क्षति र स्क्र्याचबाट सुरक्षित राख्छ।  फ्रन्टमा नजिकै एड्ज-टु -एड्ज डिस्प्लेका साथ, पोको एम २ को रियमा फिंगरप्रिन्ट सेनसर छ जसले उपकरणलाई छिटो अनलकिङ्ग गर्न अनुमति दिन्छ। फोनको सुरक्षाको लागि न्यानो कोटिङ पनि छ जस्ले पोको एम २ लाई अनावश्यक स्प्ल्यास प्रतिरोधी बनाउँदछ। 

पोको एम२ मा क्वाड क्यामेराको विशेषता छ जसमा १३ एमपी प्राइम सेन्सर, ८ एमपी अल्ट्रा वाइड सेन्सर, ५ एमपी म्याक्रो सेन्सर र २एमपी डेप्थ सेन्सर समावेश छ। ८ एमपी अल्ट्रा वाइड क्यामेराको साथ ११८ डिग्री फिल्ड भ्यू खिच्न र प्रयोगकर्ताहरुले आफ्ने दृश्य अवलोकनलाई विस्तार गर्दै ड्रामेटिक क्लोजअप शटहरु लिन सक्छन्।

प्रयोगकर्ताले म्याक्रो क्यामेरामा रमाइलो भिडियोका लागि पूर्ण एचडी फूटेज लिन सक्छन्। पोको एम२ ५००० एमएएच बिल्ट-इन ब्याट्रीका साथ आउँदछ र लामो समयसम्म ब्याट्री ब्याकअपका लागि १८ वाट्ट फास्ट चार्जिङ (१० वाट्ट इन बक्स) समर्थन गर्दछ।

पोको सी ३ का विशेषता 
टु-टोन डिजाइनका साथ पोको सी३ यस क्षेणीमा प्रयोगर्तालाई उत्तम तरिकाले फिट हुने स्मार्टफोन बनाउन आन्तरिकको सन्तुलित सेटका साथ आउँदछ।

पोको सी३  को ट्रिपल क्यामेरा सेटअपमा १३ एम.पी प्राइमरी सेन्सर, २ एम.पी म्याक्रो सेन्सर र १३ एम.पी डेप्थ सेन्सर पनि छ। डेप्थ सेन्सरले क्रिमी बोकेहका साथ क्रिस्प पोट्रेटहरु खिच्न मद्दत गर्छ,  म्याक्रो सेन्सरले रमाइला क्लोज अप शटहरु साथै ७२०पी मा म्याक्रो भिडियोहरु पनि शुट गर्ने क्षमता राख्दछ। 

५००० एमएएच उत्कृष्ट ब्याट्री प्रविधिका साथ प्रयोगकर्ताले फोन अझै लामो समयसम्म चल्ने अपेक्षा गर्न सक्छन्। पोको सी३ मिडियाटेक हेलियो जी ३५.८ कोर प्रोसेसरका साथ कोटेक्स- ए५३ कोरका साथ २.३ जीएचजेड सम्म क्लक गरिएकोे छ। ५००० एमएएच उच्च क्षमताको ब्याट्रीको साथ पोको सी३ ले पर्फमेन्स र दक्षतामा पनि सन्तुलन कायम गरेको छ। 

मूल्य 
पाोको एम२, ६ जीबी+६४ जीबी स्टोरेज भेरियन्टमा १८, हजार ९ सय ९९ मूल्य कायम गरिएको छ। यो फोन ब्रिक रेड, पिच ब्लाक र स्लेट ब्लू कलरहरुमा उपलब्ध हुनेछ। 

पोको एम २ आर्कटिक ब्लु, लाइम ग्रीन र म्याट ब्लाक रङ्गहरुमा ४ जीबी+ ६४जीबी स्टोरेज भेरियन्टमा १४ हजार ९ सय ९९ मूल्यमा उपलब्ध हुनेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नयाँ सरकार गठन नभएसम्म ओली सरकारले नै काम गर्न पाउने

राष्ट्रपति विद्यादेवि भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया पूरा नहुँदासम्म वर्तमान सरकारले नै कामकाज गर्ने जिम्मेवारी तोकेकी छन् । प्रधानमन्त्री केपी

दुई तिहाइको दुर्दशा : राजनीतिमा खतराको बादल

अबको राजनीति कसरी अगाडि बढ्छ? ओलीले ओगट्दै आएको सत्तामा अब को पुग्ने हुन्? वा मुलुक अर्को राजनीतिक अभ्यास उन्मुख हुने

भक्तपुरमा मातातीर्थ औंशीका लागि बनाइएको मिठाई जफत

भक्तपुर–भक्तपुरमा मातातीर्थ औंशीका लागि बनाइएका मिठाई जफत गरिएको छ। मिठाई पसल बन्द गर्न पटक पटक अनुरोध गर्दासमेत अटेरी भइ मिठाई

माधव नेपालले ओलीलाई भने-पार्टी एकता नखल्बल्याउनू [वक्तव्यसहित]

काठमाडौं–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि एकपटक पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। ‘प्रधानमन्त्री र