गाउँसभामा झडप, सात घाइते, दुईजनाकाे अवस्था गम्भीर


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


प्रस्तावित बजेट नीति तथा कार्यक्रम उपर छलफल भइरहेको बेला झापाको हल्दिबारी गाउँपालिकाको गाउँसभामा झडप भएको छ।

झडपमा गाउँपालिका अध्यक्षसहित सात जना घाइते भएका छन्। घाइते मध्ये दुईलाई गम्भीर चोट लागेको छ। 

झडपमा गाउँपालिका अध्यक्ष रविन्द्र  लिङदेन, ४ का वडाध्यक्ष होम चुडाल, ५ का वडाध्यक्ष शेरबहादुर नेम्वाङसहित वडा सदस्य मदन तामाङ र गंगाराम प्रसाईं सामान्य घाइते भएका छन्। उनीहरूको छाती, पाखुरा र अनुहारमा चोट लागेको   छ।

भीम तुम्बापो र भिमराज फियाक गम्भीर घाइते भएका छन्। उनीहरूको विर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ।

न्यायिक समितिका संयोजकसमेत रहेका उपाध्यक्ष डम्बर गिरी, हाल्दीबारी १ वडाध्यक्ष त्रिलोचन सापकोटा, महेश मेचे लगायत नेकपा कार्यकर्ताले गाउँपालिका अध्यक्ष लिङ्देन सहितलाई आक्रमण गरी घाइते बनाएको वडाध्यक्ष चुडालले दाबी गरे।

उपाध्यक्ष गिरीले मागपत्र बुझाउन आएको समूहसँग मिलेर अध्यक्ष लिङ्देनले तोडफोड गरेको दावी गरेका छन्। अध्यक्ष लिङ्देनले आफूहरूमाथि अराजक समूहले आक्रमण गरेको बताएका छन्।

झडपका  क्रममा  टेबल,कर्सी लगायत  गाउँपालिका  भवनको झ्यालका शिशा समेत फुटेको बताइएको छ।

स्थानीय कञ्चनश्री भुतेनी खोलाबाट देउनिया खोलासम्मको चारकोसे जङ्गलको बाहिरी बाटो नामकरण गर्ने विषयमा नेकपा समर्थक तथा राप्रपा कार्यकर्ताबीच झडप भएको प्रत्यक्षदर्शीले बताए।

नेकपाले द्रोणाचार्य मार्ग र राप्रपाले केशव कन्दङ्वा मार्ग नामकरण गर्नुपर्ने अडान राखेपछि गाउँसभामा विवाद भएको हो।

गाउँपालिका अध्यक्षले सुनियोजित षड्यन्त्र गरी ज्ञापनपत्र बुझाउने बहानामा गाउँसभा बिथोल्न आक्रमण गरेको नेकपा पक्षधर जनप्रतिनिधिले आरोप लगाएका छन्।                  

उनीहरूले गाउँसभा विथोल्न अराजक व्यक्तिको समूहलाई गाउँपालिका अध्यक्ष लिङ्देनले ल्याएको आरोप दाबी गरेका छन्।

सभा चलिरहेको बेला अराजक व्यक्तिको समूहले आक्रमण गरेपछि गाउँपालिका अध्यक्ष सभा छोडेर  बाहिरिएका थिए। हल्दीबारीमा नेकपाको बहुमत छ। राप्रपाले अध्यक्ष र वडा नम्बर ४ मा वडाध्यक्ष कांग्रेसले जितेको छ।

बहुमत सदस्यले उपाध्यक्षको नेतृत्वमा सभा सञ्चालन गरी प्रस्तावित वजेट नीति तथा कार्यक्रम पास गरेको हो।  उपाध्यक्ष  गिरी असहित १८ जना जनप्रतिनिधिले बजेट पास गरेका हुन्।

चलिरहेको सभा बिसर्जन नगरीअध्यक्ष गाउँपालिकाबाट बाहिरिएपछि गाउँसभा सञ्चालन कार्यविधि २०७५ को दफा १६को उपदफा ५ अनुसार उपाध्यक्ष  गिरीलाई सभाध्यक्ष बनाएर प्रस्तावित वजेट नीति तथा कार्यक्रम पास गरिएको हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख