रचनाको ‘प्रीति’ 


विचार
आयोमेल संवाददाता
नयाँ सरकार गठन नभएसम्म ओली सरकारले नै काम…

राष्ट्रपति विद्यादेवि भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया पूरा नहुँदासम्म वर्तमान

आयोमेल संवाददाता
दुई तिहाइको दुर्दशा : राजनीतिमा खतराको बादल

अबको राजनीति कसरी अगाडि बढ्छ? ओलीले ओगट्दै आएको सत्तामा अब

आयोमेल संवाददाता
भक्तपुरमा मातातीर्थ औंशीका लागि बनाइएको मिठाई जफत

भक्तपुर–भक्तपुरमा मातातीर्थ औंशीका लागि बनाइएका मिठाई जफत गरिएको छ। मिठाई


प्रेम गरिन्छ कि, हुन्छ? 

स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेले भनेका थिए, ‘हुन्छ।’ 
अनि, 

‘उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले…?’

रचना रिमाललाई के थाहा, गीतसँग उनको प्रीति पहिलो हो कि, उनीसँग गीतको प्रीति पहिलो?
र त भन्छिन्– 

जान्दिनँ म, के भो कुन्नी एकैचोटि अहिले…

हो, एकाएक रचना रिमाल अहिले नेपाली गीतमा छाएकी छिन्, हरेकको ओंठमा गुनगुन गर्दै। 

राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेले लेखेको यो गीत गाएपछि ‘कलिली’ रचना झन् नेपाली संगीत क्षेत्रमा अझै दरिएकी छिन्। 
‘रचना रिमाल।’ 

छोटो समय, सानै उमेर। तर, पनि उनी चुलिएको देख्दा लाग्छ, ती नेपाली सांगीतिक क्षेत्रको एक सुमधुर ‘रचना’ हुन्। 

तीन महिनाअघि झापा भद्रपुरमा चटपटे बेच्थिन् उनी।

तर, अहिले राजधानीमा उनी आफ्नो कला बेच्छिन्, गला बेच्छिन्।

उनको कला र गलाले छोटो समयमै धेरैलाई मोहित पारेको छ।

जादुमयी स्वरले सबैलाई आफ्नो बनाएकी छिन् रिमालले।

मोबाइलमा साना क्लिप बनाएर उनले सामाजिक सञ्जालमा ‘अपलोड’ गर्थिन्। 

गायकी सपनाको एउटा डोरो थियो, त्यो। 

र, आज उनी रेकर्डिङ् स्टुडियोमा चलेमानेका दिग्गज कलाकारका साथ गाउँछिन्।
सबैको वाहवाही पाएकी छिन्।

उनको कला र गला सबैको मन–मस्तिष्कमा बस्न सफल भएको छ।

र, त सबै गीतका, संगीतका पारखीले उनलाई नै खोज्छन्।

त्यसैको परिणाम हो, उनको तीन महिनाले उनलाई नयाँ उचाइमा पुर्‌याउनु।

सुदूरपूर्वकी रचना राजधानीमा फक्रिन थालेकी छिन्। 

कला र गलाले सबैलाई तानिसकेकी छिन्।

मात्र तीन महिनामा ८० भन्दा बढी गीतमा स्वर दिइसकेकी छिन्।

काठमाडौं आएको तीन महिनामा यति धेरै गीत गाइसकेकी छिन्।

बजारमा उनको माग निकै बढेको छ।

भद्रपुरमा टिनको झुप्रोमा गाउने उनी राजधानीका हरेक रेकर्डिङ स्टुडियो पुगिसकेकी छिन्।

‘तीन महिनामा जम्मा चार दिनमात्रै खालि बसेँ, महिनाभर रेकर्डिङ नै रेकर्डिङ,’ उनी भन्छिन्, ‘सबैले यति धेरै माया गर्नुभयो सबैप्रति आभारी छु।’

उनले आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन्।

राष्ट्रकवि घिमिरेले रचना गरेको ‘उनको प्रीति पैले हो कि मेरो प्रीति पैले…’ जस्ता कालजयी गीत गाइन्।

त्यो पनि संगीत नसिकेकी सानी फुच्चीले।

दिग्गज कलाकार हुँदाहुँदै रचनाले त्यो गीत गाइन् र सबैलाई मात दिइन्।

र, त उनको यति धेरै चर्चा भएको छ। यति धेरै अफर आइरहेका छन्।

रचना भेट्न चाहन्थिन राष्ट्रकविलाई।

तर, विडम्बना उनले चाहेर पनि भेट्न र आशिर्वाद लिन सकिनन्।

‘उहाँको गीत गाउने मौका पाएँ, मेरो लागि योभन्दा ठूलो खुसी के हुन सक्छ र?, म त भाग्यमानी हुँ, भेटेर आशिर्वाद लिने मन थियो तर जुरेन,’ उनी चुक्चुकाउँछिन्।

गायिका बन्ने सपना फक्रिएको थियो रचनामा।

तर, यति छिट्टै यतिसम्म स्रोता–दर्शकको माया पाउँछु भन्ने चाहिँ सोचेकै थिइनन्।

सपना साँचेर राखेकी थिइन्, अनि काठमाडौंले सपनालाई मूर्तरूप दियो।

एउटा कलिलो प्रतिभाले सांगीतिक क्षेत्रमा फड्को मा¥यो।

उनले पहिलोपल्ट बसन्त सापकोटाको ‘रुमाल चिनो’ गाइन्।

त्यहाँबाट सुरु भएको उनको संगीतिक यात्राले छोटो समयमै छलाङ मारेको छ।

उनी अहिले चल्तीकी गायिका हुन्।

सबैको रोजाइमा परेकी उनको दिनको सुरुवातदेखि अन्त्यसम्म रेकर्डिङ स्टुडियमै बित्छ।

उनलाई अहिलो पाएको उचाइ कायम राख्न चुनौति छ।

कोरोना महामारी सामान्य भएपछि उनी संगीत सिकेर आफ्नो कला झनै निर्खान चाहन्छिन्।

रचनालाई चर्चितभन्दा पनि लोकप्रिय बन्नु छ।

‘गाउने ठूलो धोको थियो जुन पूरा भएको छ, हुँदै पनि छ। मलाई चर्चा चाहिँदैन लोकप्रियता चाहिन्छ, दर्शकको माया र  स्नेह चाहिन्छ,’ रचनाले आयोमेलसँग मनको कुरा खोलिन्।

रचनामा कला त थियो नै।

त्यही कला चिनाउने, मलजल गर्ने काम गर्‌यो सांगीतिक रियालिटी सो ‘नेपाल आइडल’ सिजन–थ्रीले।
उनी नेपाल आइडल सिजन–थ्रीको उत्कृष्ट आठबाट बाहिरिएकी थिइन्।

आफूलाई यहाँसम्म ल्याइपुर्‌याउन नेपाल आइडलको ठूलो हात रहेको उनी बताउँछिन्।

उनी नेपाल आइडल हेर्थिन्।

मनपर्ने जज थिए न्ह्यु वज्राचार्य।

वज्राचार्य आइडल छनोटका लागि झापामा थिए।

कसैले न्ह्युलाई रचनाको स्वरका बारेमा भनिदिए।

न्ह्युलाई फोन लगाइदिए।

रचनालाई न्ह्युसँग बोल्न भने।

उनी उत्सुकतापूर्वक बोल्न थालिन्।

बोल्दाबोल्दै मन पर्ने जज आँखा अगाडि टक्क उभिए।

एकचोटि त विश्वास नै लागेन।

उनको खुसीको सीमा रहेन।

उनले आफूलाई धन्य महसुस गरिन्।

उनले न्ह्युलाई गीत गाएर सुनाइन पनि।

न्ह्युलाई मनमनै धन्यवाद दिइन्।


नेपाल आइडलबाट बाहिरिएकोमा कुनै पछुतो छैन उनलाई।

भन्छिन्, ‘आइडलको सेटमा गाउन पुग्दा निकै डराउँथे, शरीर काँप्थ्यो, न्ह्यु सरले निकै सम्झाउँदा र जति भन्दा पनि  गाउनै सकिनँ, त्यति बेला डर ठूलो थियो।’

अहिले त उनलाई सामान्य लाग्न थालिसकेको छ।

जस्तोसुकै गीत पनि निर्धक्क गाउन सक्छिन्।

स्रोता–दर्शकको मायाले हौसला बढाएको बताउँछिन रचना।

हिँड्दा, बस्दा, खाना खाँदा गुन्गुनाइरहन्छिन्।

सबैले संगीत नसिके पनि मिठो स्वर भन्छन्।

उनलाई खुसी त मिल्छ। 

तर, अझै कलामा निखारता ल्याउनु छ, कला सिंगार्नु छ।

सानैदेखि गाउनमा रुचि थियो। 

घरमा, स्कुलमा जहाँसुकै गुन्गुनाउँथिन्।

सुरुसुरुमा भजन गाउँथिन्। 

मन्दिरमा भजन गाउँछु भनेर सबैलाई भन्थिन्।

सबैले स्वर राम्रो छ भन्थे।

कक्षा ४ पढ्दा पहिलोपल्ट गीत गाउने सुरमा थिइन्।

तर, पालो नै आएन, उनी निराश भइन्।

कक्षा ५ पढ्दा गीत गाउने मौका पाइन्।

उनले प्रथम स्थान हासिल गरिन्।

स्कुुलभर तालीको गडगडाहट गुन्जियो।

सबैले कस्तो मिठो गाएको, कस्तो मिठो सुरिलो स्वर भन्दै तारिफ गरे।

त्यहि तारिफ र तालीको गडगडाहटले उनलाई गाउन हौस्यायो।

त्यस दिनदेखि उनले ‘म गाउन सक्छु’ सोचिन्।

कक्षा ७ पढ्दा हार्मोनियम जितिन्।

त्यसदिनदेखि उनले स्कुलमा सधैंजसो गाइरहिन्।

कक्षा १० पढ्दा त ‘रुमाल चिनो’ गीत नै बजार आयो।

भद्रपुरमा कक्षा ११ पढ्ने रचनाले अब काठमाडौं आएर पढ्ने सोच बनाएकी छिन्।

काठमाडौं आएर पढाइसँगै संगीत सिक्ने योजनामा छिन्।

‘अब काठमाडौंमै पढ्ने योजना बनाएकी छु, यता संगीत सँगसँगै पढाइलाई निरन्तरता दिन्छु,’ उनी भन्छिन्।

रचनाका बुबा अटो कुदाउँछन्, आमा गृहिणी हुन्।

उनका एक दिदी र एक बहिनी गरी पाँचजनाको परिवार छ।

उनलाई आफ्नो सपना पूरा गर्नु छ।

असल गायिका बन्ने त्यो सपना, जुन उनले बाल्यकालदेखि देख्दै, बुन्दै र उन्दै आएकी छिन्।

आमाबालाई खुसी दिनु छ। एक असल छोरी भएर।

यसअघिका वर्ष बाले दसैंमा नयाँ कपडा किनिदिन्थे रचनालाई।

तर, यो वर्ष उनी कमाउने भइसकेकी छिन्।

अब बाआमा, दिदीबहिनीका लागि उनी आफै नयाँ लुगा किनिदिने सोचमा छिन्।

‘अब त म  कमाउने भइसकेँ, यो वर्ष दसैंमा सबै गएर सँगै सपिङ गर्छौं, दसैंको गिफ्ट सबैलाई सपिङ गराउनु हो,’ रचनाले हाँस्दै भनिन्।
उनी अहिले काठमाडौंमा छिन्।

तर, सपिङ भने भद्रपुरमै गएर गर्न मन छ।

सिङ्गो परिवारसँग, रमाउँदै, हाँस्दै र बोल्दै। आफ्नो काठमाडौं बसाइको अनुभव सुनाउँदै।

(उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले…. राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचेको गीत हो। पहिला नै जगदीश समाल र सपनाश्रीले गाइसकेको गीत हो। त्यसलाई फेरि नयाँ स्वरूपमा रचना रिमाल र प्रवीण बेडवालले गाएका हुन्। यो गीत राष्ट्र कवि घिमिरेको निधनपछि सार्वजनिक गरिएको थियो) 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नयाँ सरकार गठन नभएसम्म ओली सरकारले नै काम गर्न पाउने

राष्ट्रपति विद्यादेवि भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया पूरा नहुँदासम्म वर्तमान सरकारले नै कामकाज गर्ने जिम्मेवारी तोकेकी छन् । प्रधानमन्त्री केपी

दुई तिहाइको दुर्दशा : राजनीतिमा खतराको बादल

अबको राजनीति कसरी अगाडि बढ्छ? ओलीले ओगट्दै आएको सत्तामा अब को पुग्ने हुन्? वा मुलुक अर्को राजनीतिक अभ्यास उन्मुख हुने

भक्तपुरमा मातातीर्थ औंशीका लागि बनाइएको मिठाई जफत

भक्तपुर–भक्तपुरमा मातातीर्थ औंशीका लागि बनाइएका मिठाई जफत गरिएको छ। मिठाई पसल बन्द गर्न पटक पटक अनुरोध गर्दासमेत अटेरी भइ मिठाई

माधव नेपालले ओलीलाई भने-पार्टी एकता नखल्बल्याउनू [वक्तव्यसहित]

काठमाडौं–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि एकपटक पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। ‘प्रधानमन्त्री र