बलिउड फिल्म ‘उचाइ’ का लागि नेपालका सुटिङ स्पट हेर्दै निर्माणपक्ष


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – कोरोना र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायांकन हुने भएको छ। बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा ‘उचाई’ को छायांकन नेपालमा हुने भएको हो।

चलचित्रको छायांकनका लागि स्थल अवलोकन गर्न निर्माता, निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुईवटा हेलिकप्टरबाट मनाङ पुगेका छन्। निर्माता, निर्देशकको टोलीले दुई दिन मनाङमै बसेर चलचित्र छायांकनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन्।

सो टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानको अवलोकन गरेका छन्। दुई दिनको अवलोकनपश्चात टोली आज काठमाडौं फर्किएर सगरमाथा आधारशिविरमा पनि छायांकनका लागि स्थलगत अवलोकन गर्न गएको नेपालका लागि थ्री विलर्स फिल्मस्‌का अध्यक्ष लाइन प्रोड्युसर सुरज अचार्यले जानकारी दिए।

उनका अनुसार मनाङ छायांकनका लागि निकै उपयुक्त स्थान रहेको छ। मनाङमा करिब १० दिन सो फिल्मको छायांकन हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए। मनाङ जिल्लालगायत नेपालको अन्य विभिन्न स्थानमा सो फिल्मको छायांकन गरिने बताइएको छ।

यस चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, सारिका, बोमन ईरानी, परिणिती चोपडा आदि कलाकारको मुख्य भूमिका रहनेछ। दुई साता अगाडि पनि यो टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अवलोकन गरिसकेको छ।

चलचित्र छायांकनले कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शनपश्चात मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्नसक्ने अनुमान गरिएको पर्यटन व्यवसायी गुरूङले बताए। उनकाअनुसार यो चलचित्र प्रदर्शनपश्चात मनाङ मात्र नभइ सिङ्गो नेपालकै प्रचारप्रसार हुने र नेपाललाई विश्वसामू चिनाउन मद्दत पुग्नेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६

शेखर कोइराला भन्छन् : महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीलाई कसले…

‘पदाधिकारीहरूले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको? कतै पदाधिकारी र पूर्वपदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन?,’ उनले प्रश्न गर्दै उनले भनेका छन्,‘यो