१२ जिल्लाका सिडिओ फेरिए : ललितपुरमा उपाध्याय, भक्तपुरमा शर्मा (सूचीसहित)


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा गरेको हो। उनका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ।

गुल्मीका प्रजिअ रुद्रादेवी शर्मालाई भक्तपुर ल्याइएको छ भने मन्त्रालका सहसचिव पुण्यविक्रम पौडेललाई गुल्मीको प्रजिअमा पठाइएको छ। गृहका सहसचिव शङ्करहरि आचार्यलाई गोरखाको प्रजिअमा र सहसचिव काशीराज दाहाललाई मोरङ लगिएको छ भने मोरङका प्रजिअ कोशहरि निरौलालाई गृहमा ल्याइएको छ। गृहका अर्का सहसचिव दीपककुमार पहाडीलाई रामेछाप तथा नुरहरि खतिवडालाई सङ्खुवासभाको प्रजिअमा पठाइएको छ।

सङ्खुवासभाका प्रजिअ टेकनारायण पौडेललार्ई गृह मन्त्रालयमा ल्याइएको छ। गृहका सहसचिव टेकराज निरौलालाई दोलखा पठाइएको छ भने दोलखाका प्रजिअ वासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ। रुपन्देहीका आस्मान तामाङलाई चितवनको प्रजिअमा खटाइएको छ भने गृहका सहसचिव कृष्णप्रसाद लम्साललाई धादिङको प्रजिअ बनाइएको छ। मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवलाई उदयपुर र अर्का सहसचिव ऋषिराम तिवारीलाई रुपन्देही पठाइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु