प्रदेश १ को अधिवेशन आह्वान, मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। एमाले विभाजन भएर अल्पमतमा परेपछि आचार्यले विश्वासको मत लिन लागेका हुन्।

प्रदेश १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सुहाङका अनुसार असोज २२ गते सुरू हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनेछन्।

प्रदेश १ सरकारले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले असोज २२ गते अधिवेशन बोलाउन सिफारिस गरेको हो।

भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य एमाले विभाजित भएपछि अल्पमतमा परेका छन्। नेकपा एमालेका ५१ सांसदमध्ये १० जनाले नेकपा (एकीकृत समाजवादी) रोजेपछि उनको पक्षमा अहिले ४१ सांसद छन्।

प्रदेशसभा सचिवालयमा भदौ २५ गते एमाले संसदीय दल विभाजन भएको जानकारीसहितको पत्र निर्वाचन आयोगबाट पुगेको थियो। सत्तारुढ दल विभाजन भएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यस हिसाबले मुख्यमन्त्री आचार्यले असोज २४ सम्म विश्वासको मत लिनुपर्ने हुन्छ।

कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा ५० सांसद छन्। यो संख्या सरकार बनाउन पर्याप्त हुन्छ। ९२ सदस्यीय प्रदेशसभामा सरकार बनाउन बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक हुन्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु