कोरोना महामारीले झनै बढायो मातृ तथा नवजात शिशु मृत्युदर


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


सुरक्षा हामी सबैको आधारभूत आवश्यकता हो। सुरक्षाकै सन्दर्भमा विश्व स्वास्थ्य संगठनले सन् २०१९ मा महासभाको निर्णयमा विश्व बिरामी सुरक्षा दिवस मनाउने निर्णय गरेको थियो।

विश्व बिरामी सुरक्षा दिवस प्रत्येक वर्ष १७ सेटेम्बर (असोज १) मा मनाइछ। यस वर्ष कोभिडका संक्रमणको कारणले मातृमृत्युदर अत्यधिकरुपले बढेको देखिएको छ।

कोभिड सुरू हुनुभन्दा अगाडि प्रतिदिन ८१० महिला र ६ हजार ७०० नवजात शिशुको मृत्यु हुने गरेको थियो। कोभिड महामारीमा लगभग एकसय प्रतिशतले नै यो संख्या बढेको देखिन्छ। यो समयमा लभगभग २० लाख शिशुको मृत्यु प्रसवको बेला नै भएको देखिएको छ। यदि महामारी नभएको भए २० लाख शिशुलाई नै मृत्युबाट जोगाउन सकिने अध्ययनले देखाएको छ।

यिनै सबै विषयलाई समेट्दै यो वर्ष विश्व स्वास्थ्य संगठनले सुरक्षित मातृत्व तथा नवजात शिशु स्याहारको विषयलाई अगाडि सार्दै ‘सुरक्षित तथा सम्मानजनक प्रसुती तथा स्वास्थ्यमा प्रगती’ को मूल नारा दिवसका लागि दिएको छ।

सुरक्षा आधारभूत आवश्यकता हो। तर, पनि हामी सुरक्षित हुन सकेका छैनौं। विशेषगरि आमा, दिदीबहिनीको अकालमै मृत्यु भइराखेको छ। त्यसको मूल कारण रोग हो।

त्यसबाहेक सामाजिक, अस्पताल, पूर्वतयारी नपुगेको देखिन्छ। पहिलादेखि मृत्यु हुने कारणमा उपचार केन्द्रमा पुग्न ढिलाइ तथा उपचारमा हुने ढिलाइ पटक–पटक भन्दै आएका छौं। अहिले पनि प्रत्येक मृत्युलाई हेर्ने हो भने उपचार खोज्नलाई हुने ढिलाइ, कहिलेकाहीँ निर्णयमा र यातायातका साधनको उपलब्धतामा हुने ढिलाइले पनि नजवात तथा मातृमृत्युदर बढेको देखिएको छ।

नवजात शिशु तथा मातृमृत्युदर किन बढेको छ?

दिगो विकास लक्ष्य (सन् २०३०) को आधारमा नेपालले मातृमृत्युदर ७० भन्दा मुनि झानुपर्ने हुन्छ। तर, आज हाम्रो देशको मातृमृत्युदर २३९ रहेको छ। अबको ९ वर्षमा हामीले धेरै नै काम गर्नुपर्ने छ। त्यसकारण पनि विश्व बिरामी सुरक्षा दिवस धेरै महत्वपूर्ण छ।

यदि हामीले नेपालको तथ्यांक हेर्ने हो भने अहिलेसम्म चारपटक गर्भवती जाँच गर्ने महिलाको संख्या ५६ प्रतिशत र दक्ष जनशक्तिबाट डेलिभरी गराउने ७२ प्रतिशत र संस्थागत प्रसुती गराउने ६५ प्रतिशत रहेको छ। यी सबै ९० प्रतिशत माथि पुर्‍याउनु पर्ने आवश्यकता देखिन्छ। ९० प्रतिशतभन्दा माथि नलगेको खण्डमा दिगो विकासको लक्ष्य हासिल गर्नमा असमर्थ हुनेछौं।

सरकारले सन् १९५७ मा आमा सुरक्षा कार्यक्रम लागू गरिसकेको छ। त्यस हिसाबले प्रत्येक ठाउँमा बर्थिङ सेन्टरको निमार्ण तथा दक्ष प्रसुतीकर्मीको तालिम, अप्रेशन गर्ने सुविधा लगभग २१९ ठाउँमा पुगेको छ। त्यसैगरि नवजात शिशुको मृत्युदर कम गर्नका लागि सरकारले एनआइसियुको व्यवस्था गरेको छ। जसमा सम्पूर्ण सेवा नि:शुल्क हुन्छ। बिरामीलाई पनि आर्थिक दायित्व कमगर्न सरकार लागि परेको छ। तर, पनि हाम्रो देशमा मृत्युदर बढिरहेको छ।

उपचार खोज्न ढिलाइ हुने प्रमुख कारणमा निर्णय लिने क्षमताको कमी देखिन्छ। यो विषयमा घरपरिवार, समाज सबैको जिम्मेवारी हुन आउँछ। यो गर्भवती महिलाको मात्रै जिम्मेवारी होइन, यसमा घरपरिवारको पनि जिम्मेवारी रहन्छ। यस्ता कुराले धेरै महिला तथा नवजात शिशुलाई मृत्युबाट जोगाउन सकिन्छ।

मृत्युदर घटाउनका लागि सरकारले ‘रोड म्याप टु डेलिभरी’ बनाइसकेको छ। यसको आमा तथा शिशु स्वस्थ हुनुपर्ने उद्देश्य छ। विश्व बिरामी सुरक्षा दिवस मनाउनुको उद्देश्य विशेषगरि प्रसवको बेलामा मातृ तथा नवजात सुरक्षालाई व्यापकरुपमा जनचेतना जगाउनु नै हो। जहिलेसम्म जागरुक भएर सबैजना संवेदनशील भएनौं उहिलेसम्म नवजात तथा मातृमृत्युदर घट्दैन।

यसका लागि बहुपक्षीय सरोकारवालको संलग्नतामा नविनतम र प्रभावकारी नीति अपनाई मातृ तथा नवजात शिशुको सुरक्षामा सुधार ल्याउने गर्नुपर्छ। आजभोलि धेरै नयाँ प्रविधि आएका छन्। हामीले पूरानो हिसाबले जुन उपचार गरेका थियौं, त्यसलाई रोकेर नयाँ प्रविधिबाट प्रसुती गराउनु पर्छ। प्रसवको समयमा सुरक्षित मातृत्व तथा नवजात शिशुको हेरचाह सुनिश्चिता र सेवाको पहुँज पुर्याउने सबै सरोकारवालासँग दिगो क्रियाकलाप अगाडि बढाउनुपर्ने देखिन्छ।

(परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालकी निर्देशक डा. संगिता मिश्राले स्वास्थ्य मन्त्रालयको प्रेस व्रिफिङमा गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु