बहुपति प्रथामा बनेको फिल्म ‘टुल्की’ को टिजर सार्वजनिक


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं : नेपाली कथानक चलचित्र ‘टुल्की’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले काठमाडौंको बानेश्वरस्थित आइप्लेक्स मलमा रहेको ‘वान सिनेमा’ हलमा तामझामका साथ चलचित्रको टिजर सार्वजनिक गरेको हो।

अहिले बनिरहेको चलचित्रभन्दा फरक धारमा यो चलचित्र बनेको निर्माण टिमले दाबी गरेको छ। हिमाली भेगमा प्रचलित बहुपति प्रथामा आधारित रहेर चलचित्र निर्माण भएको छ।

डोल्पाको तल्लो भेगमा रहेको ब्राह्मण बस्तिमा जन्मिएकी टुल्की प्रेममा परेर माथिल्लो डोल्पाको शेर्पासँग विवाह गरेपछि त्यहाँको संस्कार नबुझेकी उनले भोग्नु परेको व्यथालाई चलचित्रमा देखाइएको छ।

फिल्मको कथा लक्ष्मण सुनारले लेखेको हन्। मध्यपश्चिमको विकट जिल्ला डोल्पाको से–फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतको ठाउँमा फिल्मको छायाङ्कन गरिएको छ।

फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायतलगायत अन्य कलाकारको अभिनय रहेको छ।ण् सन्जिव लिम्बुको संगीत रहेको फिल्ममा तारा किम्भे थापाको सम्पादन रहेको छ। आरपी कर्माचार्य र शेखर लामाको संयुक्त लगानीमा निर्माण भएको फिल्मको निर्देशन र छायाङ्कन देब जैग थापाले गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।