नेप्सेमा उच्च अंकको गिरावट


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४०.२६ अंकले घटेर २ हजार ८८९.०३ मा झरेको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.१६ विन्दुले घटेर ५३८.५० मा ओर्लेको छ। नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत रु ५ अर्बमा सीमित भएको छ। कूल २२२ कम्पनीको १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता शेयर रु ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ मूल्यमा खरिद-बिक्री भए। बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ४३ अर्ब १८ करोड ९७ लाख ५० हजार बराबर रहेको छ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ। त्यसमा बैंकिङ २०.७४, व्यापार २७.२१, होटल तथा पर्यटन ७९.५३, विकास बैंक ११६.९१, जलविद्युत ७२.८१, वित्त ८६.७२, निर्जीवन बीमा २७२.९१, उत्पादन ७३.७९, अन्य २१.१६, लघुवित्त ५२.१९, जीवन बीमा १७५.३, सामूहिक लगानी कोष ०.०५ र लगानी १.८८ विन्दुले ओरालो लागे।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु २२ करोड १४ लाख ७० हजार ७५६ बराबरको कारोबार भयो। यस्तै, सानिमा लाइफ इन्स्योरेन्स रु १७ करोड २ लाख ७ हजार ११०, आइसिएसफसी फाइनान्स रु १५ करोड ३८ लाख १३ हजार १४६, रैराङ हाइड्रोपावर रु १४ करोड २८ लाख ४९ हजार २४५ र नेशनल हाइड्रोपावर रु १३ करोड २० लाख ९५ हजार ७४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

कारोबारका आधारमा मनकामना स्मार्ट लघुवित्त ८.२३, कर्पोरेट डेभलपमेन्ट बैंक ६.६७, छ्याङ्दी हाइड्रोपावर ४.०८, ग्लोबल आइएमई समुन्नत स्किम एक २ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए। एनआइबिएल समृद्धि फण्ड एक ६.८८, हिमालयन ऊर्जा विकास कम्पनी ५.८३, गुर्खाज फाइनान्स ५.४१, रुरु जलविद्युत परियोजना ४.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ४.४६ प्रतिशतले गुमाए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’