प्रतिकुल अवस्थामा कांग्रेस लुसुक्क सुत्छ : ओली


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले एमालेबाट बिग्रिएर गएका केही मानिसले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिएको टिप्पणी गरेका छन्। माधवकुमार नेपाललगायतका नेताहरूतर्फ इंगित गर्दै ओलीले यस्तो बताएका हुन्।

‘हाम्रो पार्टीबाट केही बिग्रिएर तिनले बनाइदिए भने सरकार बनाउने,’ बुधबार बुटबलमा आयोजित कार्यकर्ता भेलामा ओलीले भने,‘प्रधानमन्त्री खाइदेउ भन्ने मानिसले गएर भनेपछि अहिलेको सरकार बनेको हो।’

मधेश आन्दोलनको बेला आफूहरूले नाकाबन्दी अन्त्य गर्न लगाएको उनले बताएका छन्।

‘हामी नै हौं नाकबान्दी भनेर फिर्ता गर्न लगायौं। अरूले नाकाबन्दी पनि भन्न सकेन। नेपाली कांग्रेस सामान्य अवस्थामा ठूलाठूला गफ गर्छ। नाकाबन्दी हुँदा आवाज ननिकालिकन कुनामा गएर लुसुक्क सुत्छ, बोल्द सक्दैन,’ ओलीले भने,‘तर, अनुकुल अवस्था आयो भने नेपाली कांग्रेस कहाँ पुग्यो देख्नुभएको छ नि।’

२०५१ मा पनि अदालतबाटै एमालेको सरकार ढालेर शेरबहादुरलाई प्रधानमन्त्री बनाइएको बताएका उनले अहिले पनि अदालतको परमादेशबाटै प्रधानमन्त्री तोकिएको जिकिर गरे।

‘अदालतको परमादेशबाटै बनाइयो जनता चाहिएन। अदालतले प्रधानमन्त्री तोकिदिनुपर्ने। लोकतन्त्र!,’ उनले भने,‘अदालतले प्रधानमन्त्री तोकिदिनुपर्ने लोकतन्त्रमा हामी पुग्दैछौं।’

सबै नक्कली कुराहरू चुनावसम्म अन्त्य हुने बताउँदै उनले आफूहरू चुनाव कुरेर बसिरहेको उल्लेख गरे।

‘सबै नक्कली कुराहरू चुनावसम्म सकिहाल्छ। चुनावसम्म यो सरकार पुगोस् हामी चाहन्छौं,’ ओलीले भने,‘हामीलाई जित्न सरकारमा बसेर चुनाव लड्नुपरेको छैन। एमालेले जनताको साथ लिने हो।’

ओलीले अब आउने चुनाव जितेर एमाले फेरि सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका छन्। पार्टीभित्रैका केही इष्र्यालु तत्वहरूले एमाले ध्वस्त पार्न खोजेको उनले आरोप लगाए।

‘एमालेले विकास गर्न थालेपछि पार्टीहरूलाई चिन्ता भयो हाम्रो सटर बन्द हुन्छ भनेर। पार्टीका इष्र्यालु तत्वहरू आफूले पाउँदा ट्वाँ पर्ने। अरूले गर्दा प्रतिक्रियावादीसामु पुग्ने,’ ओलीले भने,‘पार्टी ध्वस्त पार्न खोजिएको थियो। केही बच्यो भने प्रतिक्रियावादीहरूको पाउँमा चढाउन खोजिएको थियो।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु