प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर बने : टोपबहादुर रायमाझी


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं–नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन्।

बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले आफ्नो स्वार्थ र पदप्रतिष्ठाका लागि प्रचण्ड र माधवले कम्युनिस्ट पार्टी फुटाएर कांग्रेसको पुच्छर बनेको आरोप लगाएका हुन्।

‘व्यक्ति स्वार्थमा पार्टी एकतालाई पद प्रतिष्ठाका लागि उपयोग गरे। फुटाउने कुचेष्टा गरे । ओलीको नेतृत्वमा एकता जोगाउन पहल गर्‍यौं । तर उहाँहरु नेकपाबाट भाग्नुभयो । आफ्नो आफ्नो कोठातिर लाग्नुभयो । नयाँ उद्देश्य राखेर गएको होइन । गलत गर्नुभयो,’ उनले भने।

पहिला ५ वर्षका लागि केपी ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको पछि आफ्नो स्वार्थपूर्ति नहुने भएपछि पटक पटक अपदस्त गर्न खोजेको भन्दै रायमाझीले केही गर्दा पनि नसकेपछि प्रतिपक्षीको शरणमा पुगेको टिप्पणी गरे।

‘प्रतिपक्षी नेता बोकेर पुच्छर बनेर हिँडे । काम गर्न नदिने, संसद विघटन गर्दा प्रतिगमन भन्ने?’ उनले प्रश्न गरे, ‘संसद पुनर्स्थापनापछि ओली नै आउँछ भनेर देशी विदेशी प्रतिक्रियावादी लागेर जनादेशको विरुद्धमा परमादेश आयो । पुरै डिजाइनमा देशपारिमात्र होइन समुद्र पार गरेर रेटेर ह्विप नलाग्ने भनियो ।’

रायमाझीले प्रचण्ड र माधवले गद्दारी गरेको आरोप लगाए । ‘उहाँहरुले ठूलो भूल र कमजोरी गर्नुभएको छ,’ उनले भने ।

कम्युनिष्ट आन्दोलनप्रति गद्दारी गरेर, कांग्रेसको पुच्छर बनेर सरकार बनाए पनि अझै आफ्नै बलमा उभिन नसकेको उनको टिप्पणी थियो । ‘यति हुँदाहुँदै पनि सरकार बनाउनुभएको छ, कांग्रेसको पुच्छर बन्नुभएको छ । कम्युनिस्टहरु कांग्रेसको पुच्छर हो ? गल्ती गर्नुभयो । अहिले त गर्नुभयो भोलि पनि कांग्रेसको नेतृत्वमा चुनावमा गठबन्धन बनाउने रे । एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत छैन । अब कांग्रेसको चुनावी घोषणापत्रमा महागठबन्धन गर्नेले विकास गर्छ ?’ उनले प्रश्न गरे ।

अहिले सम्पूर्ण पार्टी एकातिर एमाले एकातिर भएको उल्लेख गर्दै रायमाझीले दुनियाँको कुनै पनि शक्तिले एमालेलाई पराजित गर्ननसक्ने दाबी गरे । ‘हामी एकजुट हुनुपर्छ । माओवादी पृष्ठभूमिको हामी ओलीकै नेतृत्वमा समृद्ध हुन्छ भनेर जोडिएका छौं । साथीहरु परपर जानुहुन्छ । भ्रममा नपरौं । जोडिऔ । अहिलेको आवश्यकता ओलीको नेतृत्वमा देश बनाउने हो,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप