लोसपाको घोषणापत्र– प्रदेशहरूको स्वायत्तता, भारतसँग ‘विशिष्ट सम्बन्ध’


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राज्य पुनर्संरचनाको नाममा एकल जातीय राज्यसत्तालाई निरन्तरता दिइएको आरोप लगाएको छ।

विधतामा एकताको नारा दिइए पनि व्यवहारमा एकल जातीय राज्यसत्तालाई मात्र निरन्तरता दिइएको उसले बताएको हो।

निर्वाचन आयोगमा लोसपाले बुझाएको घोषणापत्रमा भनिएको छ,‘नेपालका शासकहरूले विविधतामा एकताको नारा त धेरै दिए। तर, व्यवहारमा एकल जातीय राज्यसत्तालाई राज्य पुनर्संरचनाको नाममा निरन्तरता दिए।’

लोसपाले संघीयताको सैद्धान्तिक मान्यता, मर्म र भावनाविपरीत राज्यसत्ताले काम गरेको आरोपसमेत लगाएको छ।

‘उत्पीडित राष्ट्रियताको पहिचानको मान्यता र अधिकारलाई सीमान्तकृत गर्ने हेतुले तिनीहरूको प्रशासनिक संरचनामात्र बनाएर संघीयताको सैद्धान्तिक मान्यता, मर्म र भावनाविपरीत कार्य गरे,’ घोषणापत्रमा भनिएको छ,‘त्यसैले हामी प्रशासनिक संघीयताको विकल्पमा राष्ट्रिय पहिचानसहितको संघीयताका साथै स्वशासन र स्वायत्तताको अधिकारको पक्षपोषण गरेका छौं।’

लोसपाले विज्ञहरू सम्मलित राज्यपुनर्संरचनामा उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदनका आधारमा १० जोड १ को रूपमा राज्यका पुनर्संचनामात्र विकल्प रहेको बताएको छ।

नेपाल विविधताले भरिएको देश रहे पनि राज्यसत्तामा विविधतालाई अभिव्यक्त हुन नदिइएको उसको आरोप छ।

‘जाति, भाषा, धर्म र संस्कृतिको दृष्टिले मात्र होइन भौगोलिक दृष्टिले हिमाल, पहाड र तराई–मधेशमा त्यहाँको हावा पानी, रहनसहन, भेषभुषा, भाषा, संस्कृति, अर्थव्यवस्था, सामाजिक संरचना र मनोविज्ञानसमेत फरक–फरक रहेको छ। यहाँका राष्ट्रियताहरूमा त्यसको असर परेको छ,’ लोसपाले भनेको छ,‘यस तथ्यलाई सबैले स्वीकार गरे पनि राज्यका संरचना र सत्तामा विविधतालाई अभिव्यक्त हुन दिइएको छैन।’

प्रदेश तथा विशेष संरचनाहरू स्वायत्त तथा अधिकारसम्पन्न हुने र तिनीहरूले राजकीय तथा सार्वजनिक मामिलाहरूमा स्वशासन तथा स्वायत्तताको अधिकार पाउने लोसपाले घोषणापत्रमा उल्लेख गरेको छ।

लोसपाले नेपालमा नागरिकता समस्या धेरै हदसम्म समाधान भइसके पनि तराईमा केही समस्या विद्यमान रहेको बताएको छ।

‘नेपालमा नागरिकता समस्या धेरै हदसम्म समाधान भए पनि तराईका जिल्लाहरूमा अझै पनि यो समस्या केही हदसम्म विद्यमान छ। अतः अन्तरिम संविधानमा रहेको नागरिकतासम्बन्धी प्रावधानलाई नै संविधानमा राखिनुपर्ने पार्टीको मान्यता रहेको छ,’ घोषणापत्रमा भनिएको छ।
लोसपाले छिमेकी भारतसँगको सम्बन्ध विस्तारमा जोड दिएको छ। जनता–जनताबीच सामाजिक, सांस्कृतिकलगायतमा एकरूपता रहेकाले दुई मुलुकबीचको समृद्ध गर्दै जानुपर्ने उसको भनाइ छ।

‘जनता–जनता बीचको सामाजिक, सांस्कृतिक, धार्मिक जीवनशैलीलगायतको एकरूपताका कारण भारतसँगको विशिष्ट सम्बन्ध समृद्ध गर्दै जानुपर्छ,’ घोषणापत्रमा भनिएको छ,‘देशको राष्ट्रिय हितलाई विश्व समुदायका बीचमा स्थापित गर्नु, भूपरिवेष्टित देशको अधिकार, ठूला र साना देशहरूबीच पूर्ण समानाधिकार तथा एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको पक्षपोषण गर्नु, आर्थिक कुटनीति अवलम्बन गरी देश विकास एवंं समृद्धिमा ठोस योगदान पु¥याउन हाम्रो परराष्ट्र नीतिको मूल लक्ष्य हुनेछ।’

राज्यको अदूरदर्शीता र भेदभावपूर्ण नीतिका कारण कृषि उत्पादकत्व निरन्तर ह्रासोन्मुख भएको र यसबाट विशेषगरी मधेश नराम्ररी प्रभावित भएको लोसपाले भनेको छ। ग्रामीण क्षेत्रमा बेरोजगारी समस्या जटिल हुँदा श्रम शक्ति विदेश पलायन भइरहेको उसको भनाइ छ।
परम्परागत कृषि कार्यलाई वैज्ञानिकीकरण गरी कृषि उद्योगको स्थापनालाई प्राथमिकता दिनुपर्नेमा लोसपाले जोड दिएको छ।

घाेषणा पत्रका केही महत्वपूर्ण बुँदा

पहिचान सहितको सङघीयता

नेपालमा आफ्ना ऐतिहासिक थातथलो वा मानव भूगोल, साझा भाषा, साझा संस्कति, साझा आर्थिक जीवन र साझा मनोभावना भएका सबै समुदायहरू नेपालका राष्ट्रहरु हुन्। तिनीहरू सबैको पहिचान र अधिकारसहितका सङघीय शासन प्रणाली अपनाइने छ। शक्ति पृथकीकरणको सिद्धान्तको आधारमा सङघमा समानान्तर व्यवस्थापिका, सहकार्यात्मक सरकार, सङघीय न्यायपालिका र संवैधानिक अङगहरू बनाइने छ। प्रदेशलाई अवशिष्ट अधिकार दिइनुका साथ अल्पसङख्यक समुदायहरूका हित रक्षा हुने गरी सङघीय संरचना बनाइने छ। देशको समग्र विकास संघीय संरचनामा आपसि सहयोगपूर्ण दिगो विकास नीति संचालन गर्न स्थानीय र प्रदेश सरकार बिच उपयुक्त समन्वयात्मक सम्बन्ध विकसित गर्नु पर्ने आवश्यकता देखिन्छ। प्रदेश तथा विशेष संरचनाहरू स्वायत्त तथा अधिकारसम्पन्न हुने छन्। तिनीहरूले राजकीय तथा सार्वजनिक मामलाहरूमा स्वशासन तथा स्वायत्तताकोअधिकार पाउनेछन्।

अन्तर्राष्ट्रिय सम्बन्ध

नेपालले अन्तराष्ट्रिय जगतमा आफ्नोस्वतन्त्र पहिचान र अस्तित्व कायम गर्दै आएको छ। आजकोविश्वमा शान्तिपूर्ण सहअस्तित्व, सार्वभौम समानता, पञ्चशीलको सिद्धान्त, राष्ट्रिय सुरक्षा, अन्र्तनिर्भर अर्थतन्त्र, साँस्कृतिक अनतिक्रम्यता र जनताका समृद्धिलक्षित सम्बन्ध नै हाम्रो परराष्ट्र नीतिको आधार हुनु पर्दछ। हाम्रो देशको भू–राजनीतिक स्थितिमाथि मध्यनजर गर्दै सन्तुलित, अन्र्तनिर्भरतापूर्ण र एक्काईसौ शताव्दीको लक्ष्यसँग हाम्रो परराष्ट्र नीति जोडिनु पर्दछ। यसैनीतिअनुसार हाम्रोछिमेकी मुलुकहरूसँगको सामाजिक आर्थिक सम्बन्धलाई पार्टीलेविशेष महत्त्व दिनुका साथै विश्वका सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने छ। हाम्रो परराष्ट्र नीति राष्ट्रिय हित र जनताको समृद्विमा केन्द्रित हुनेछ। हाम्रा दुई महत्वपूर्ण विशाल छिमेकीहरुसंग नेपालको विशेष मैत्रीपूर्ण सम्बन्ध अपरिहार्य र आवश्यक छ।

जनता–जनता वीचको सामाजिक, साँस्कृतिक, धार्मिक जिवनशैली लगायतको एकरुपपताको कारण भारतसंगको विशिष्ट सम्बन्ध समृद्ध गर्दै जानु पर्दछ र देशको राष्ट्रिय हितलाई विश्व समुदायका बिचमा स्थापित गर्नु, भूपरिवेस्ठित देशको अधिकार, ठूला र साना देशहरूबिच पूर्ण समानाधिकार तथा एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको पक्षपोषण गर्नु, आर्थिक कुटनीति अबलम्वन गरी देश विकास एवम समृद्विमा ठोस योगदान पु¥याउन हाम्रो परराष्ट्रनीतिको मूल लक्ष्य हुनेछ।

नागरिकता
नेपालमा नागरिकता समस्याको धेरै हदसम्म समाधान भए पनि तराईका जिल्लाहरुमा अझै पनि यो समस्या केही हदसम्म विद्यमान छ। अतः अन्तरिम संविधानमा रहेको नागरिकता सम्बन्धि प्रावधानलाईनै संविधानमा राखिनुपर्ने पार्टीको मान्यता रहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत