शक्तिशाली क्षेप्यास्त्रहरू धमाधम ’परीक्षण’ गर्दे उत्तर कोरिया


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


केही दिनअघि एउटा शक्तिशाली ‘क्रुज क्षेप्यास्त्र’ परीक्षण गरेको उत्तर कोरियाले फेरि दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरियाली सैनिकले जनाएअनुसार उसले पूर्वी सागरमा ती क्षेप्यास्त्र हानेको हो। जापानका प्रधानमन्त्री योशिहिदे सुगाले उत्तर कोरियाको यो प्रहारलाई त्यो क्षेत्रको शान्ति र सुरक्षाका लागि निकै खतरापूर्ण कदमका रूपमा टिप्पणी गरेका छन्।

यसको क्षमता र उडान दूरी अनि प्रहारका लक्ष्यबारेमा भने पर्याप्त विवरणहरू उपलब्ध छैनन्। उत्तर कोरियाले यसअघि परमाणु गतिविधि नियन्त्रण गर्ने संयुक्त राष्ट्रसंघीय संकल्पमा प्रस्तावमा सहमति जनाएको थियो। यो परीक्षण त्यो प्रस्ताव विपरीत भएको भन्दै जापान तथा दक्षिण कोरियाले आफूहरू रक्षात्मक अवस्थामा रहेको जनाएका छन्।

दक्षिण कोरियाले त त्यसका लागि अमेरिकासँग सहकार्यको पूर्णा तयारी अवस्थामा बसेको जनाएको छ।

यसै साताको सोमबारमात्रै उसले परीक्षण गरेको क्रुज क्षेप्यास्त्र जापानसम्म मार हान्न सक्ने क्षमताको थियो। त्यसले जापानका अधिकांश भूभागहरूलाई ध्वस्त बनाउनसक्ने क्षमता पनि राख्दछ।

राष्ट्रसंघीय सुरक्षा परिषदले बलिस्टिक क्षेप्यास्त्रलाई निकै खतरनाक र घातक सुचीमा राखेको छ। किनकि यो क्षेप्यास्त्रले शक्तिशाली ‘पेलोड’ अर्थात् ‘विष्फोटक युद्धशीर्ष’हरू प्रहार गर्नसक्छन्।

खाद्यान्न र चरम आर्थकि संकट झेलिरहेको उत्तर कोरियाले यस्ता शक्तिशाली अस्त्रहरू भने धामाधम निर्माण गरिरहेको छ। बिबिसी


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु