कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्य


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


सत्तारुढ नेपाली कांग्रेसले थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ। सदस्यता छानविन समितिले काठमाडौंसहित १० जिल्लाको क्रियाशील सदस्यता विवाद मंगलबार नै टुंग्याएको हो।

कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले १० जिल्लाको क्रियाशील सदस्यता टुंगो लागेर प्रिन्ट भइसकेको जानकारी दिए। पौडेलकाअनुसार समितिले विवाद समाधान गरेका जिल्लाहरूमा काठमाडौंसहित काभ्रेपलान्चोक, कपिलवस्तु, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा रहेका छन्। विवाद टुंगिएका जिल्लाको नामावली आज पार्टीको वेबसाइटमा सार्वजनिक गरिने पौडेलले जानकारी दिए।

निर्वाचन समितिका एक सदस्यले सम्भवत् आज बेलुकीसम्म विवादित सबै २० जिल्लाको सदस्यता विवाद टुंगिने खबर पाएको जानकारी दिए। कांग्रेसले पहिलो चरणमा ५६ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेको छ। ५ असोजमा बाँकी २० जिल्लामा अधिवेशन गर्ने तयारी छ।

कांग्रेसले १८ भदौमा देशभरका ६ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न सकेको थिएन।

कांग्रेसले यसपालि करिब ९ लाख क्रियाशील सदस्य बनाएको छ। परिवर्तित निर्वाचन कार्यतालिकाअनुसार पालिका तहमा ९ असोजमा अधिवेशन हुने छ। त्यसअघि नै सबै वडा अधिवेशन गरिसक्नुपर्ने हुन्छ। न्यूजकारखाना


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु