शंकर पोखरेलहरूले मलाई सिध्याउन लाग्नुभयो अनि मुद्दा हालें : संसद विमला वली


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमाले आफूलाई ‘सिध्याउन’ लागेका कारण आफूले उनीविरूद्ध मुद्दा हालेको बताएकी छिन्।

उनले रूपन्देही प्रहरी कार्यालय बुटवलमा मंगलबार पोखरेलविरूद्ध ‘शरीर बन्धक तथा अपहरण’ गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी थिइन्।

‘म त्यो बेला मुद्दा मामिला गर्ने पक्षमा थिइनँ,’ सांसद वलीले भनिन् ‘त्यो बेला मैले मानवता हेरेको हुँ।’

तर एमालेले आफ्नै पार्टीका सांसद रहेको भन्दै उनलाई कारवाहीको प्रक्रिया थालेपछि उनीविरुद्ध दर्ताको निर्णयमा पुगको उनले बताइन्। उनलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै एमालेले सर्वोच्चमा मुद्दा दायर गरेको छ। वलीले आफूलाई सिध्याउन खोज्नेहरुलाई आफूले पनि नछोड्ने बताइन्।

‘मलाई उहाँहरूले सिध्याउन हरेक हतकण्डा अपनाउनुभयो, मलाई शान्तसँग बस्नै दिनु भएन,’ सांसद वलीले भनिन् ‘अब म पनि चुप लागेर बस्ने अवस्थामा रहिनँ, मलाई सिध्याउनेहरूलाई म पनि नछोड्ने निर्णयमा पुगेकी हुँ, म पनि उहाँहरूविरूद्ध अब कानुनी लडाईँमै उत्रिएँ, ममाथि गरिएको अपराधको सजाय उहाँहरूले पाउनु हुनेछ।’

सांसद बिमलाले मुख्यमन्त्री पोखरेल सहित चार जनाले आँफूलाई दाङबाट अपहरण गरेको र बुटवल पुर्याएर बन्धक बनाएर राखेको उल्लेख गरेकी छिन्। मुख्यमन्त्री पोखरेलसँगै एमाले लुम्बिनी प्रदेश प्रमुख सचेतक मुमिश्वर ढकाल, पोखरेलका निजी सचिवालयका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध पनि मुद्दा छ।

प्रदेश प्रमुखले प्रदेशको बिशेष अधिवेशन आह्वान गरेपछि सांसद बिमला केही दिन वेपत्ता भएकी थिइन्। वेपत्ता भएको केही दिनपछि सार्वजनिक भएकी उनले आफूलाई अपहरण गरी बन्धक बनाइ राखेको सार्वजनिक गरेकी थिइन्। पोखरेल अल्पमतमा पर्ने निश्चित भएपछि पोखरेलले सांसद बिमलालाई मुख्यमन्त्री कार्यालयमै बन्धक बनाएर राखेको आरोप लागेको थियो। त्यो बेला सांसद बिमला मुख्यमन्त्री कार्यालयबाट भाग्न सफल भएको बताएकी थिइन्।

रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले निवर्तमान मुख्यमन्त्री पोखरेलविरूद्ध मुद्दा परेको र उक्त मुद्दा दाङ प्रहरीमा रेफर गर्न थालिएको बताए। उनले सांसद बिमलाले उल्लेख गरेको मुद्दाको घटना सुरुवात दाङ भएकाले मुद्दा पनि दाङ प्रहरीमै पठाउन थालिएको बताए। ‘उहाँले उल्लेख गर्नुभएको घटना दाङबाटै सुरुवात भएको छ,’ एसपी केसीले भने ‘दाङ नै घटनाको सुरुवात स्थान भएकाले मुद्दा पनि दाङमै पठाउन थालेका हौँ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु