राष्ट्रपतिको हत्या आरोप लागेका हैटीका प्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


हैटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई देश छोड्न प्रतिबन्ध लगाइएको छ। उनीमाथि राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न भएको आरोप लागेको छ। त्यो हत्याकाण्डबारे अनुसन्धान भइरहेका बेला उनलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो।

राष्ट्रपतिको हत्यामा आशंका गरिएका अभियुक्त फेलिक्स बाडिओसँग प्रधानमन्त्री आङ्ग्रीको सम्बन्ध रहेको र उनले त्यो सम्बन्धलाई प्रष्ट्याउन भनिएको छ। एउटा अनुसन्धानले राष्ट्रपतिको हत्यापछि उनीहरूबीच पटक पटक टेलिफोन संवाद भएको देखिएको छ।

गत जुलाई ७मा आफ्नै निवासमा बन्दुकधारीहरूले राष्ट्रपति मोइजमाथि आक्रमण गरेका थिए।

हैटी उत्तर अमेरिकी महादेशमा रहेको सबैभन्दा गरिब देशमध्यको एक हो। सन् २०१७ देखि मोइज त्यहाँका राष्ट्रपति थिए। भ्रष्टाचार र राजनीतिक अस्थिरताको आरोप लागेका उनीविरूद्ध देशभर विरोध प्रदर्शन भइहेको थियो।

५३ वर्षीय मोइजको हत्यामा संलग्न भएको आरोपमा ४४ जना पक्राउ परिसकेका छन्। ती मध्ये १८ जना कोलम्बियाका अवकाशप्राप्त सैनिक हुन्। उनीहरूलाई भाडाका रूपमा प्रयोग गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु