तालिबानका नेताहरूबीच विवाद- कहाँ छन् तालिबानका उपप्रधानमन्त्री बरादर?


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


गत सोमबार दोहामा तालिबानका एकजना राजनीतिक विभागका प्रवक्ता डाक्टर मोहम्मद नइमको नाममा बाट तालिबान सरकारका उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादर गायब भएको खबरलाई खण्डन गरिएको सन्देश ह्वाट्सएपहरूमा भाइरल भयो।

त्यसमा भनिएको थियो ‘हामी सबै साथीहरू ठीक छौं। कसैले बदनाम गराउनका लागि हाम्राबारेमा यस्तो झुठा खबरहरू फैलाइरहेको छ।’

त्यसअघि गत १२ सेप्टेम्बरमा बरादरका एकजना प्रवक्ताले एउटा पत्र जारी गर्दै भनेका थिए – ह्वाट्एप अनि फेसबुकहरुमा फैलिएका खबरहरू सबै झुठा हुन्। अफगानिस्तानका राष्ट्रपति भवनमा तालिबनकै दुई समूहबीच गोली हानाहान भएर मुल्ला अब्दुल गनी बरादर घाइते भएको र त्यसैको कारण मृत्यु भएको भनेर फैलाइएका खबरहरू झुठा हुन्।’

यी सब खबर र हल्लाका बीच यही साताको सुरूवातमा बरादर कतारका विदेश मन्त्रीसँग देखिएको एउटा भिडियो पनि सार्वजनिक भएको छ।

तालिबानका अनुसार अहिले मुल्ला गनी बरादर कान्दहर सहरमा छन्। उनी तालिबानका अर्का नेता मुल्ला हेब्तुल्लाह अन्खुखजादासँग भेट गर्न त्यहाँ गएका हुन्। तालिबानका अनुसार उनी चाँडै नै काबुल फर्किनेछन्।

तर समाचार स्रोतहरूले जनाएअनुसार गत बिहिबार अनि शुक्रबार रातमा राष्ट्रपति भवनमा अब्दुल गनी बरादर तथा हक्कानी नेटवर्कका एक मन्त्री खलिल उर रहमानबीच चर्को बहस भएको थियो। दुबै समूहका समर्थकहरुबीच हात हालाहाल पनि भएको थियो। बरादर त्यही विषयमा दुखित भएर कान्दहार गएका हुन्।

शुत्रका अनुसार मुल्ला बरादरले सरकारको आलोचना गरेका थिए। यो सरकारमा हक्कानी नेटवर्कका सदस्यहरू पनि मन्त्री भएका छन्। हक्कानी नेटवर्क तालिबानको सहयोगी भ्रातृ संगठन हो।

तर लामो समयदेखि हक्कानी नेटवर्क र कान्दहारी तालिबानीबीच लामो समयदेखि मतभेद रहँदै आएको छ। र काबुल नियन्त्रणपछि यो विवाद झन बढेको छ।

यही विवादका बीच गठन भएको तालिबान सरकारमा हक्कानी नेटवर्कका सदस्यहरूलाई पनि सेमल गराइएपछि बरादर असन्तुष्ट भएका हुन्।

गत वर्ष कतारमा भएको एउटा राजनीतिक वार्ताका क्रममा उनले २० वर्षको अनुभव पछि अब तालिबानको सरकारमा अल्पसंख्यक समुदायहरू तथा महिलाहरूलाई सामेल गराउने बाचा गरेका थिए। बरादर कतारमा भएको वार्तामा तालिबानका प्रमुख वार्ताकारमध्य एक हुन्।

अफगानिस्तान नियन्त्रणमा लिएपछि तालिबानले सरकारका गठन गरेको छ र त्यो सरकारमा बरादर उपप्रधानमन्त्री छन्।

यो सरकारले अहिले महिला र पुरूष विद्यार्थीलाई सँगसँगै पढ्न रोक लगाएको छ। पुरूष शिक्षकहरूले महिला विद्यार्थीलाई पढाउँदा पर्दा लगाउनुपर्ने अनि महिलाहरूले पनि हिजाब अनिवार्य लगाउनुपर्ने नियम लागु गरिएको छ।

यो नियमविरूद्ध अफगानिस्तान र विश्वभर महिलाहरूले विरोध गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु