ओमानसँग नेपाल पाँच विकेटले पराजित, ब्याटिङ र बलिङ दुवै कमजोर


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय खेलमा आयोजक ओमानले नेपाललाई पाँच विकेटले पराजित गरेको छ। 

मंगलबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा एक सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ओमानले ३१ ओभर १ बलमा पाँच विकेट गुमाउँदै एक सय ९८ रन बनाएको हो। 

ओमानको जितमा जितेन्दर सिंहले शतक प्रहार गरे। विस्फाटक ब्याटिङ गरेका सिंहले ६२ बलमा ६ छक्का र १२ चौकाको मद्दतमा १०७ रन बनाए। ओमानको जितमा मोहम्मद नदीमले ३८ रन बनाउँदा सुरजकुमारले २० तथा आयन खानले १८ रन बनाए। 

नेपालको तर्फबाट कुशल मल्ल र करण केसीले सर्वाधिक २–२ विकेट लिए। १० ओभर पूरा बलिङ गरेका कुशलले ३७ रन खर्चिए। यस्तै, पाँच ओभर बलिङ गरेका करणले ५२ रन खर्चिएका थिए। उनी सर्वाधिक महँगा बलर बने। चार ओभर बलिङ गरेका सोमपाल कामी पनि ओमानविरुद्ध महँगो साबित भए। एक मेडन राखेका सोमपालले ३५ रन खर्चिएका थिए। 

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै एक सय ९६ रन बनाएको थियो। 

नेपालका लागि आशिफ शेखले सर्वाधिक ९० रन बनाएका थिए। एक सय १२ बलमा एक छक्का र सात चौका प्रहार गरेका शेखले करियरकै उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाएका हुन्। यस्तै, करन केसी र कप्तान ज्ञानेन्द्र मल्लले समान २१ रन बनाउँदा रोहित पौडेलले २० रन बनाए। सन्दीप लामिछानेले १६ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। 

यता, टस हारेर बलिङ गरेको ओमानका लागि बिलाल खानले सर्वाधिक चार विकेट लिए। १० ओभर बलिङ गरेका खानले एक मेडनसहित ४७ रन खर्चिएका हुन्। यस्तै, नेष्टोर धम्बाले दुई विकेट लिए। पाँच ओभर बलिङ गरेका उनले २५ रन खर्चिए। मोहम्मद नदीम र जिशान माक्सुदले समान एक विकेट लिए। 

सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो। नेपालको ६ खेलबाट ६ अंक छ भने ओमानले ११ खेलबाट १८ अंक बनाएको छ। न्युजकारखाना


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत