नेपालले ओमानलाई जितका लागि दियो १९७ रनको लक्ष्य


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – नेपालले ओमानलाई जितका लागि १९७ रनको लक्ष्य दिएको छ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले टस जितेर घरेलु टोली ओमानविरुद्ध पहिले ब्याटिङ रोजेको थियो।

तर, आज पनि नेपालको ब्याटिङ चल्न सकेन। केवल आशिफ शेखको ब्याटबाट मात्र रन आयो। नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर मात्र १९६ रन बनाउन सक्यो।

ओपनिङ ब्याट्सम्यान शेखले ९० रन बनाए। उनले ११२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। अमेरिकाविरुद्ध चलेको ओपनिङ जोडी आज चल्न सकेन। नेपालका अर्का ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल आजको खेलमा दुई बल खेल्दै विनाकुनै रन आउट भए। ओमानले पहिलो ओभरको दोस्रो बलमै सफलता पायो।

त्यसपछि आएका कप्तान ज्ञानेन्द्र मल्ल पनि धेरै बेर टिक्न सकेनन्। उनले २१ रन मात्र जोड्न सके। यस्तै करन केसीले २१,
रोहित पौडेलले २०, सन्दीप लामिछानेले १६ रन बनाए। विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४, विक्रम शोब २ रनमा आउट भए। सोमपाल र सन्दीप रनआउट भएका थिए।

ओमानका बिलाल खानले सर्वाधिक ४ विकेट लिए। यस्तै नेस्टर धम्बाले दुई विकेट लिए।

आज पनि अमेरिकाविरुद्ध खेलेकै टिमले खेल्दै छ। नेपालले यसअघि सोमबार भएको खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।