शुभसाइतमा इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइयो


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ। समितिले दिएको साइतअनुसार आज बिहान १०:३४ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ।

यही भदौ २३ गते बुधबार बिहान १०:५२ मा वनयात्रा गरी बेलुकी ७:२७ मा लिङ्गोका लागि रुख काटिएको थियो। लिङ्गोलाई असोज २ गते बिहान ६:५१ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिने साइत दिइएको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।

इन्द्रध्वजोत्थान गरेपछि असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइने छ। असोज ४ गते माथिल्लो टोल यात्रा गराइने छ। असोज ८ गते नानिचा यात्रा गरिने छ। त्यसै दिन राति १०:३६ बजे इन्द्रध्वज पातन अर्थात् लिङ्गो ढालिने छ। करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिने छ।

कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो। यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको संस्थान काठमाडौं कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए।

जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत सुरु गरिएको छ। तीनै वटा रथ सुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा आउने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको