पाण्डे र भट्ट नेकपा (एकीकृत समाजवादी) मा आवद्ध हुन पाउने


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – नेकपा एमालेका दुईजना संघीय सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने भएका छन्।

एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउने भएका हुन्।

पाण्डे र भट्टले नेकपा (एकीकृत समाजवादी) मा आवद्ध हुन दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

‘निवेदकहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा(एकीकृत समाजवादी) दलमा आवद्ध हुने गरी निर्वाचन आयोगमा निवेदन गरी रोजेको आधारमा निजहरू सो दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्नु, नगराउनु,’ न्यायाधीशद्वय खतिवडा र सुवेदीको इजलासले दिएको अन्तरिम आदेशमा भनिएको छ।

नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निवेदन दिँदा दुवैजनाले हस्ताक्षर गरेका थिएनन्। दल दर्ताको निवेदनमा हस्ताक्षर नभएको भन्दै आयोगले सनाखत गर्न अस्वीकार गरेको थियो। तर, नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि एमाले केन्द्रीय सदस्यहरूले सनाखत गर्नुपूर्व नै पाण्डे र भट्टले निर्वाचन आयोगमा निवेदन दिएका थिए।

सनाखतपूर्व नै दुवैजनाले दल रोजेको देखिएकोले मुद्दाको टुंगो नलागेसम्म असर गर्ने गरी कुनै कारबाही नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो। थप दुईजनाले दल रोज्न पाउने भएपछि नेकपा (एकीकृत समाजवादी) को प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा ८ जना सांसद पुगेको छ।

No description available.
No description available.


प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले