एमालेका पाण्डे र भट्ट नेकपा(एकीकृत समाजवादी) मा आवद्ध हुन पाउने


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


नेकपा एमालेका दुईजना संघीय सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) पार्टी रोज्न पाउने भएका छन्।

एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नेकपा(एकीकृत समाजवादी) रोज्न पाउने भएका हुन्।

पाण्डे र भट्टले नेकपा(एकीकृत समाजवादी) मा आवद्ध हुन दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

‘निवेदकहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा(एकीकृत समाजवादी) दलमा आवद्ध हुने गरी निर्वाचन आयोगमा निवेदन गरी रोजेको आधारमा निजहरू सो दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्नु, नगराउनु,’ न्यायाधीशद्वय खतिवडा र सुवेदीको इजलासले दिएको अन्तरिम आदेशमा भनिएको छ।

 नेकपा(एकीकृत समाजवादी) दल दर्ताका लागि निवेदन दिँदा दुवैजनाले हस्ताक्षर गरेका थिएनन्। दल दर्ताको निवेदनमा हस्ताक्षर नभएको भन्दै आयोगले सनाखत गर्न अस्वीकार गरेको थियो। तर, नेकपा(एकीकृत समाजवादी) दर्ताका लागि एमाले केन्द्रीय सदस्यहरूले सनाखत गर्नुपूर्व नै पाण्डे र भट्टले निर्वाचन आयोगमा निवेदन दिएका थिए।

सनाखतपूर्व नै दुवैजनाले दल रोजेको देखिएकोले मुद्दाको टुंगो नलागेसम्म असर गर्ने गरी कुनै कारबाही नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो। थप दुईजनाले दल रोज्न पाउने भएपछि नेकपा(एकीकृत समाजवादी) को प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा ८ जना सांसद पुगेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु