प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी हुन्, तर उनी धोकेबाज र छट्टु नेता हुन् : ओली


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आक्रोश पोखेका छन्।

गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै प्रचण्डलाई धोकेबाज र छट्टु नेता भन्न भ्याए।

प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी भएको भन्दै तर उनी धोकेबाज नेता भएको उनको भनाइ थियो। ‘प्रचण्ड असल बाउ हो, काका हो, असल ससुरो हो। तर धोकेबाज नेता हो। राम्रो सम्धी, राम्रो ससुरो, राम्रो ज्वाइँ राम्रो बा, राम्रो काका। उहाँ सबै हिसाबले राम्रो तर एउटैमात्र खराबी छट्टु नेता हो। कार्यकर्तालाई झुक्याएर, छक्याएर आफ्नो राजनीतिक दुनो सोझ्याउने मात्र हुन्,’ उनले भने।

आफ्नै कार्यकर्ताको हत्याकाण्ड मच्चाउने उपेन्द्र यादवसँग प्रचण्डले गठबन्धन गरेर लेनदेनको राजनीति गरेको ओलीको आरोप थियो।

‘प्रचण्ड यस्तो तान्त्रिक, मायावी मान्छे हो। जादुगरले जस्तो यस्तरी मान्छे भुल्याउने अलमल्याउने गर्छन्। मान्छेलाई हो कि जस्तो पारेर भुल्याउँछन्। ०६४ मा सरकार बनाएर के गरे? सहिद फालिएका छन्। गौरमा २४ जना मारिएका छन्। तिनैसँग सौदाबाजी गरिरहेका छन्। कार्यकर्ता मारिरहेका छन्। लेनदेनको राजनीति गरिरहेका छन्,’ उनले भने।

ओलीले थपे, ‘प्रचण्डले एउटा चोइटो लगेर गएका माओवादी केन्द्रको नाममा माधव गुट मात्रै हो। माओवादी केन्द्र होइन। प्रचण्डको मोहजालमा नपर्नुस्। फर्किनुस्।’

जनाधार गुमाइसकेर अझै प्रचण्डले धम्क्याउने गरेको बताउँदै उनले भने, ‘धम्क्याउनुपर्‍यो भने म आगो हुँ नजिक्याउ भन्ने। मैले पनि दुई बाल्टी पानी हाल्दिउला भने। केको आँटले धम्क्याउन खोजेको हो ?’ प्रचण्डको पछाडि लागेर जिन्दगी बर्बाद नपार्न माओवादी केन्द्रमा अल्झिएकालाई ओलीले आग्रह गरे।

ओलीले एमाले एकीकृत पार्टी भएको बताए। एमाले-माओवादी केन्द्र एकता विघटनपछि पनि एमाले एकीकृत पार्टी भएको उनले दाबी गरेका हुन्।

‘अदालतले एकता भंग गरेको हैन, पार्टी दर्ता भंग गरेको हो। फेरि एकता गर्न सकिन्थ्यो। त्यसका लागि प्रचण्डलाई पनि फोन गरेर भनें, तर उनले मजाक बनाए,’ उनले भने, ‘नेकपामा हुँदा माओवादी आन्दोलनमा योगदान साथीहरू एमालेमै हुनुहुन्छ। यो पार्टी एकीकृत पार्टी हो। कानुनी रूपमा एमाले नाम रह्यो। माओवादी हैन, प्रचण्ड गुट हो।’

उनले माओवादीमा रहेकालाई पनि एमालेमा आउन आग्रह गरे। प्रचण्डको मोहजालले माओवादीमा रहेका नेता कार्यकर्ताको राजनीतिक भविष्य सकिने दाबी गरे। 

ओलीले माधव नेपाल प्रतिक्रियावादी भएको आरोप लगाए। नेपालले एमाले कमजोर बनाउन लागेको ओलीको आरोप थियो। ‘माधव नेपाल पार्टी बनाउन चाहँदैनन्। नभए त यत्रो ठूलो पार्टीबाट चोइटिएर जाँदैन थिए,’ उनले भने, ‘पिलो निचोरेर तौल घट्दैन। माधव नेपाल चोइटिएर एमाले सानो हुँदैन।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।