प्रवेशिका परीक्षामा फेल हुने डरले भारमा एक किशोरीले गरिन आत्महत्या


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


चिकित्सा शिक्षा प्रवेशिका परीक्षामा फेल हुने डरले एक किशोरीले आत्महत्या गरेकी छिन्। भारतको तमिलनाडु प्रदेशको अरियालुर जिल्लामा बस्ने १८ वर्षिया किशोरीले आत्महत्या गरेकी हुन्। चिकित्सा शिक्षा अध्ययन गर्नका लागि दिइने नेशनल इलिजिविलिटि कम इन्ट्रान्स टेस्ट (नीट) परीक्षा दिएको भोली पल्ट नै आत्महत्या गरेकी हुन्।

उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्। मृतकका अभिभावकका अनुसार परीक्षा सकेर आएको दिनमा उनले प्रश्नपत्रमा निकै केरमेर गरेकी थिइन्।

प्रवेशिका परीक्षा भएकै दिन तमिलनाडु सरकारले चिकित्सा शिक्षा भर्ना सम्बन्धी नयाँ विद्येयक पारित गरेको थियो। जसमा मेडिसिन, डेन्टिस्ट्र, इन्डिएन मेडिसिन तथा होमियोप्याथी पढ्न चाहने विद्यार्थीको कक्षा १२ को नतिजा पनि मुल्याङकन गर्ने भनिएको छ।

किशोरीले कक्षा १२ मा ६०० पुर्णाङकमा ५६२ अंक हासिल गरेकी थिइन्। तर पनि परीक्षामा अनुत्तीर्ण हुने डरले आत्महत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ। भारतको प्रतिपक्ष पार्टी एआईएडिएमकेले सरकारले बालबालिकाको भविष्य माथि राजनीति गरेको बताएका छन्।

भारतमा लिइने ‘नीट’ प्रवेशिका परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरूलाई नेपालमा पनि भर्ना हुन पाउने अनुमति छ। चिकित्सा शिक्षा आयोगले तोकेको कलेजहरूमा विदेशी विद्यार्थीहरुका लागि १० प्रतिशत विदेशी कोटा छुट्याएको छ,जसमा अधिकाशं भारतीय लगायतका अन्य देशका विद्यार्थीले अध्ययन गर्दछन्।

चिकित्सा शिक्षा आयोगको प्रवेशिका परीक्षा नदिएका विदेशी विद्यार्थीले ‘निट’ परीक्षा उत्तीर्ण गर्नुपर्ने नियम छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत