सरकारको खर्च रोकिन सक्छ : अर्थमन्त्री शर्मा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद बैठक स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले असोज ४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

प्रतिस्थापन विधेयक भदौ ३० गतेसम्म पारित नभए स्वतः निष्क्रिय हुनेछ। संविधानको धारा ११४ मा अध्यादेशसम्बन्धी व्यवस्थाको खण्ड (क) मा अध्यादेश जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुनेछ।

यसैगरी सोही धाराको खण्ड (ख) मा राष्ट्रपतिबाट जुनसुकै बखत अध्यादेश खारेज हुनसक्नेछ भनिएको छ।

‘खण्ड (क) र (ख) बमोजिम निष्क्रिय वा खारेज नभएमा दुवै सदनको बैठक बसेको ६० दिनपछि स्वतः निष्क्रिय हुनेछ’ खण्ड (ग) मा भनिएको छ। र, यस्तो अवस्थामा राज्य सञ्चालनका लागि खर्च रोकिनसक्ने भनिएकाे छ।

मंगलबार प्रतिनिधिसभाको बैठकपछि अर्थमन्त्री जनार्दन शर्माले ५/७ दिन खर्च नहुनसक्ने बताए।

‘कर उठाउन विशेष व्यवस्था रहेकोले त्यसअनुसार कर उठाउन सकिन्छ,’ उनले भने, ‘तर, ५/७ दिन खर्च नहुन पनि सक्छ। रोक्नुपर्ने अवस्था आए रोकिन पनि सक्छ।’

पेश्की खर्च नगरेर नियमित प्रक्रियाबाटै बजेट पारित गरेर अघि बढ्ने उनले बताए।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद लक्ष्मणलाल कर्ण प्रतिस्थापन विधेयक पेश भइसकेकोले संविधानको व्यवस्थाअनुसार ६० दिनभित्रै अध्यादेश निष्क्रिय नहुने तर्क गर्छन।

‘बजेट अध्यादेशबाट आएकाले प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेश भइसकेको छ,’ उनले भने, ‘त्यसकारण ६० दिनमा अध्यादेश अन्त्य हुँदैन। विधेयक परिपक्व हुन ७२ घण्टाको समय छ। त्यसपछि पास हुन्छ होला।’

प्रतिस्थापन विधेयक पास नहुँदैमा बजेट सञ्चालनमा बाधा नपुग्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।